Wednesday, October 21, 2020
गृहपृष्ठ मुख्य समाचार लसुनको बेर्ना र किसानलाई फिल्र्डमै तालिम

लसुनको बेर्ना र किसानलाई फिल्र्डमै तालिम

  • 19
    Shares
बेदकोट,
कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसानलाई लसुनको बेर्ना र फिल्डमै तालिम दिईएको छ । स्वीट नेपाल कंञ्चनपुरले बेदकोट नगर क्षेत्रका किसानलाई लसुनको बेर्ना र फिल्डमै तालिम दिईएको हो ।
स्वीट नेपाल, युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत बुधबार बेदकोट ७मा रहेका १५ जना लक्षित समुदायलाई बेर्ना तालिम दिईएको छ । नगरप्रमुख असोक बहादुर चन्दले समुदायमै गई लसुनको बेर्ना हस्तान्तरण गरेका थिए । नगरप्रमुख चन्दले सबै वडालाई पकेट क्षेत्र बनाउने कार्यक्रम अन्र्तगत लसुन बितरण गरिएको र सबै वडालाई फरक फरक तरकारीमा पकेट क्षेत्र बनाउने बताए ।
बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीले सबै किसानले कृषि क्रान्तिमा होमिनुपर्ने बताए । स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा लसुन वितरण तथा तालिम भएको थियो । १५ किसानलाई ६० किलोका दरले लसुन बितरण गरिएका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले बताउनु बताए ।
किसान राधिका डगौराको ३ कटटा जमिनमा नमुनाका लागी लसुन खेती लगाउने तरिका, मल तथा त्यसका प्रयोग हुने बिधिहरुको बारेमा प्रशिक्षक तथा बेदकोट नगरपालिका कृषि शाखाका प्रमुख बिर बहादुर कुवर र नाप्रस देवराज बडुले प्रशिक्षण दिएका थिए ।
  • 19
    Shares

ताजा समाचार

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...

कञ्चनपुरका एक जनप्रतिनिधी पन्तले दशैँ खर्च पिसिआर मेसिन संचालनका लागि फिर्ता

विकास सिह महता कञ्चनपुर, ४ कार्तिक कञ्चनपुरमा स्थानीय, प्रदेश र संघीय तीन संरचना तहका ५ सय ३ जनप्रतिनिधी छन् । संघीय संसदले धमाधम दशैँ...

एकै दिन पुनर्वास नगरका तीन स्थानमा बिओपी उद्घाटन

अर्जुन सिह कञ्चनपुर, ४ कार्तिक भारतसंग सीमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका तीन स्थानमा सशस्त्र प्रहरी बलले (बोर्डर आउट पोष्ट) स्थापना गरेको छ ।...

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

खडक कोली कञ्चनपुर, ३ कार्तिक सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको...
4,967LikesLike
14FollowersFollow