Tuesday, October 27, 2020
गृहपृष्ठ मुख्य समाचार कणार्लीका मुख्यमन्त्री शाही हट्दै, उनीमाथि अविश्वासको प्रस्ताव

कणार्लीका मुख्यमन्त्री शाही हट्दै, उनीमाथि अविश्वासको प्रस्ताव

  • 36
    Shares

काठमाडौं
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलगायत रहेका छन् ।

नेपालको सविधानको धारा १ सय ८८ को उपधारा ४ अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ । कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन् ।

यसअनुसार अविश्वास प्रस्ताव दर्ता गर्न १० जना सांसद भए पुग्छ, यद्यपि आइतबार दर्ता भएको अविश्वास प्रस्तावमा १८ जनाले हस्ताक्षर गरेका छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ सदस्य छन्, कांग्रेसको ६ र राप्रपाको एक जना रहेका छन् ।

संविधानको धारा १ सय ८८ को ५ अनुसार अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रस्तावित मुख्यमन्त्रीको नाम पनि उल्लेख गर्नुपर्ने व्यवस्था छ । अविश्वास प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएमा मुख्यमन्त्री पदमुक्त हुनेछन् ।

 

  • 36
    Shares

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow