Tuesday, October 27, 2020
गृहपृष्ठ दैनिक गतिविधी कलुवापुर-बेलौरी सडक खण्डको कालागौंडीबाट आज जीप सहित ३८ लाख बराबरको अवैध सामान...

कलुवापुर-बेलौरी सडक खण्डको कालागौंडीबाट आज जीप सहित ३८ लाख बराबरको अवैध सामान बरामद

  • 22
    Shares

कञ्चनपुर

सशस्त्र प्रहरीले शुक्लाफाँटा नगरपालिका १२ कलुवापुर-बेलौरी सडक खण्डको कालागौंडीबाट आज जीप सहित ३८ लाख चार हजार मूल्य बरावरको अवैध सामान बरामद गरेको छ।

से १ च ११३२ नम्बरको महेन्द्रा जीपमा धनगढीका विभिन्न टे«र्डस र सपिङ्ग सेन्टरबाट परिणाम भन्दा कमको बिलविजक बनाई लैजादैँ गरेको जीप सहितका सामान बरामद गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरको टोलीले चालक, बरामद सामान र सवारी साधन कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ।

परिणाम भन्दा कम मूल्यको विल बनाई सामान र औषधि लिएर दिपायल हिडनुपर्ने जीप धनगढीबाट ३० किलोमिटर पश्चिम दक्षिणमा गई प्रतिवन्धीत सामान कञ्चनपुरको बाटो हुँदै गएको बेला सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्ट नेतृत्वको टोलीले जीप सहितको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐरले बताए। जीपका चालक लाल कोलीलाई समेत नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको छ।

प्रहरी उपरिक्षक ऐरका अनुसार जीपमा विभिन्न किसिमको औषधी १६ लाख दुई सय ४५, काँचो कपडा  एक लाख ४३ हजार सात सय ६४, तयारी कपडा रु दुई लाख ६३ हजार एक सय ४५को सामान बरामद गरिएको छ।

यसैगरी,  प्रतिवन्धित सामानहरुमा सुपर पावर सुर्ती १० बोरा, स्वीट सुपारी गुटखा १२ बोरा, प्लाष्टिक पाँच बोरा र विलविजक नभएको बेसार २० किलो बरामद गरिएको छ।

  • 22
    Shares

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow