Tuesday, October 27, 2020
गृहपृष्ठ आर्थिक लकडाउनका बेला ब्याजलाई साँवामा घटाउनुपर्ने माग

लकडाउनका बेला ब्याजलाई साँवामा घटाउनुपर्ने माग

चन्द्रीका चौधरी

कञ्चनपुर बेलौरीका लघु वित्तिय ऋणीहरुले विभिन्न १३ बुँदे माग अघि सारेर बेलौरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार लघु वित्तिय पीडित संघर्ष समितिले नगरपालिका सहित लघु वित्तहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । लघु वित्तिय पीडित संघर्ष समितिका संयोजक रिता नेपाली चर्को ब्याजदरका कारण घरबार बिहिन भएको बताउदै ब्याज घटाउनुपर्ने लगायतका माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताईन् ।

लकडाउनका बेला संकलन भएको किस्ता, ब्याजलाई साँवामा घटाउनुपर्ने, ९प्रतिशत ब्याज राख्नुपर्ने, स्थानीय सरकारको अनुमति बिना खोलिएका संस्था बन्द गरिनुपर्ने, ऋणीको घरमा गएर दवाव दिन नहुने, घरबास जमिन भएकालाई लकडाउनको समयमा अशुल ऋण मिनाह, ऋण लिने व्यक्ति नै भागेपछि समुहले तिनुपर्ने ऋण खारेजी, ऋण चुक्ता गर्ने समय १० बर्ष राख्नुपर्ने, ऋणीको सिप योग्यता अनुसार ऋण दिनुपर्ने, लघु वित्तपनि बैकमा परिणत गरिनुपर्ने, ऋण दिदा जनप्रतिनिधीलाई रहोबरमा राख्नुपर्ने लगायतमा माग अघि सारेर नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ । चर्को ब्याजदरका कारण लघुवित्त पीडित मारमा परेको भन्दै संयोजक नेपालीले ब्याजदर घटाउनुका साथै सहुलियतमा जोडदिए । माग पुरा नभए आन्दोलनको चेतावनी दिएका छन् ।

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow