Tuesday, October 27, 2020
गृहपृष्ठ आर्थिक इलेक्ट्रिसियन पढेका करम केराखेतीका गुरु

इलेक्ट्रिसियन पढेका करम केराखेतीका गुरु

  • 2
    Shares

बेलौरी, ०९ भाद्र

कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ताका रकम सिह रानाले २०५५ सालमा एसएलसी उर्तिण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उर्तिण गरेका करमसंगैका साथिभाई कोही महेन्द्रनगर, धनगढी काठमाण्डौँ, कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि हिडे । तर, उनी जिल्ला बाहिर गएनन् । जब गाँउमा विद्युतीकरण नै नभएको अवस्थामा करम सिहले प्राविधिक बन्नका लागि ईलेक्ट्रिसियन तालिम लिए, पछि थ्रि फेजको तालिम समेत लिएर गाउँमै विजुलीको पसल थापे । सिटिईभिटीईबाट संचालित ईलेक्ट्रिसियन तालिम लिएका करम अहिले फरक पेशामा रमाईरहेका छन् । जस्तो नाम कर्म पनि त्यस्तै गर्दा उनी डेढ दशककै अवधिमा सुदूरपश्चिमका सफल केरा उत्पादक किसान बनेका छन् । करम ०६२ सालदेखि केरा खेतीमा जुटेका छन् । राना थारु केरा फर्म नर्सरी तथा प्रशोधन केन्द्र स्थापना गरेर करमले अहिले बेलारीमा १८ विगाहमा केरा खेती गरेका छन् । जि–९ प्रजातिको केराखेती गरेका करमले आफ्नै खेतमा चार चार विगाह र साढे १३ विगाह जमिन भाडामा लिएर केराखेती गरेका छन् ।

‘केरा खेतीका लागि उचो पानी नजम्मे खेत चाहिन्छ, ‘उनले भने, ‘हामीले एकमुष्ठ धेरै जमिन पाईदै पाईदैन् ।’
साढे चार विगाह जमिनमा २०÷२५ लाखको कारोबार गर्दै आएका करमले साढे १३ विगाह जमिनमा ७०÷८० लाखको कारोबार हुने बताए । ‘केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि निरन्तर केरा खेती गर्दै आएको हुँ, ‘उनले भने, ‘गरे के नै हुँदैन् ।’ केराखेती शुद्ध कोचो पेशा भएको बताउँदै उनले अन्य पेशा जस्तो बदमामित पेशा नभएको बताए । ‘केरा जन्मेदेखि मृत्युसंस्कार सबै काम र स्वास्थ्यायका लागि चाहिन्छ, ‘उनले भने, ‘केराका थुप्रै उपभोक्ता छन् ।’
भारतबाट आउने केराले नेपाली केरा किसानलाई चुनौती दिएको बताउदै उनले भारतमा किसानलाई अनुदान लगायतका थुप्रै सुविधा दिदा भारतीय किसानले सस्तोमा नेपालमा केरा बेच्दै आएको बताए ।

‘भारतमा बाह्रै महिना केरा खेती हुन्छ, ‘उनले भने, ‘नेपालमा फागुन, जेठ र असारमा मात्रै केराखेती गरिन्छ ।’ तापक्रमका कारण पनि नेपालमा एक बर्षमा एक पटक मात्रै केरा उत्पादन गर्न सकिने बताए । ‘नेपालमा पनि बाह्रै महिना केराखेतीका लागि वातावरण सिर्जना गर्नुपर्छ, ‘उनले भने, ‘यसो गर्दा पनि नेपाली किसानलाई लाभ हुन्छ ।’
बजारको माग अनुसार केरा उत्पादन गर्न नसकिएको बताउदै उनले केराखेतीका लागि सरकारले पनि किशानलाई उत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने बताए । लकडाउनले पनि केराखेतीमा समस्या देखिएको बताउदै उनले केराखेतीका लागि सरकारले अनुदानको प्रबन्ध मिलाउनुपर्ने बताए । ‘मैले रोजेको पेशामा सन्तृष्ठ छु, ‘उनले भने, ‘श्रम र मेहनत नगरे केही हुँदै्रन ।’ हरेक पेशामा संघर्ष रहेको बताउदै उनले सफलताका लागि मेहनत गर्नुपर्ने उनको भनाई छ । कैलाली कञ्चनपुरमा उत्पादन भएका केरा स्थानीय बजारमा खपत भईरहेको बताउदै उनले थप केरा उत्पादनतर्फ युवालाई आकर्षित गराउनुपर्ने सुझाव छ । नयाँ केराखेती गर्ने किसानलाई करमले उत्प्रेरित र केराखेतीमा सघाउने गरेका छन् ।
करम जस्तै अन्य युवाले पनि केराखेतीमा जुटे आत्मनिर्भरका साथै आर्थिक कृयाकलाप बृद्धि हुनेछ ।

  • 2
    Shares

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow