Tuesday, October 27, 2020
गृहपृष्ठ आर्थिक जनसरोकार पोष्ट ८ औँ बर्षमा प्रवेस

जनसरोकार पोष्ट ८ औँ बर्षमा प्रवेस

बार्षिकोत्सव अवसरमा अनाथालयमा खाद्यान्न फलफुल

पहिलाद राना कञ्चनपुर, ४ भदौँ

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र बैतडीबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिक ८ औँ बर्षमा प्रवेस गरेको छ । सात बर्ष अघि ४ भदौँबाट नियमित प्रकासनमा आएको जनसरोकार पोष्ट राष्ट्रिय दैनिक ८ औँ बर्षमा प्रवेस गरेको हो । बार्षिकोत्सवको अवसर पारी जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको प्रकाशन टिमले बिहीबार महेन्द्रनगर स्थित महाकाली बाल अञ्चल अनाथालयमा खाद्यान्न तथा फलफुल वितरण गरेको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका प्रशासक राजेन्द्र प्रशाद अवस्थीले बार्षिकोत्सवका अवसरमा समाजिक सेवाको भावनाले खाद्यान्न फलफुल र मिठाई वितरण गरिएको बताए ।

उनका अनुसार चामल, दाल, खानेतेल, नुन, फुलफुल र मिठाई गरिएको छ । ‘हामीले हरेक बर्ष बार्षिकोत्सवका अवसरमा नियमित कार्यक्रम गर्दै आएका थियौँ, ‘उनले भने, ‘यस बर्ष कोरोनाका कारण अनाथालयमा खाद्यान्न वितरण गरिदियौँ ।’ जनसरोकार पोष्टको बार्षिकोत्सवको दिन हरेक बर्ष कुनै न कुनै समाजिक कार्य गर्दै आएको छ । पत्रिकाको बार्षिकोत्सव अवसरमा पत्रकार लगायत विभिन्न संचार गृह, पत्रकार महासंघले शुभकामना दिएको छ । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले शुभकामना दिदै आगामी दिनमा पत्रिकाले जनताका सरोकारका विषय झन शसक्त रुपमा उठानको कामना गरे ।

यस्तै पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्दले पत्रिकाको प्रगतिको कामना गर्दै आगामी दिन नागरिकका मुद्दा, लोकतन्त्र रक्षाका क्षेत्रका विषय उठानमा जोडदिए । जनसरोकार पोष्टले सुदूरपश्चिम क्षेत्रका जनताका साझा समस्या, राष्ट्रियता, जनजिविका सवालमा मुद्दा उठाउँदै आएकोछ । प्रकासन टिमले थप आगामी दिनमा थप शसक्त ढङगबाट नागरिकका सवाल, भ्रष्टाचार, सुशासनका विषय उठान गर्ने प्रण गरेको छ ।

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow