Tuesday, October 27, 2020
गृहपृष्ठ आर्थिक कञ्चनपुरका स्थानीय सरकारको कोडिभ १९ खर्च अपारदर्शी भन्दै, स्थानीय हिसाब माग्दै

कञ्चनपुरका स्थानीय सरकारको कोडिभ १९ खर्च अपारदर्शी भन्दै, स्थानीय हिसाब माग्दै

खडक रावल कञ्चनपुर, २ भदौँ

कञ्चनपुरका स्थानीय सरकारले गत आर्थिक बर्ष २०७६÷०७७ मा कोडिभ १९ को खर्च अपारदर्शी गरेको भन्दै स्थानीय र राजनीतिक दलले हिसाब माग्न थालेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका ९ वटै स्थानीय तहले ‘आचाक्ली’ खर्च गरेको भन्दै स्थानीय र राजनीतिक दलले स्पष्ट विवरण माग गर्न थालेका हुन् । पश्चिम महाकाली नगरपालिका क्षेत्रका स्थानीय एव राजनीतिक दलले मंगलबार नगरपालिकासंग स्पष्ट कोडिभ खर्च बारे विस्तृत विवरण माग गरेका हुन् । चार महिनाको अवधिमा करोडौँ खर्च देखाएर रकम कुम्ल्याएको दल र स्थानीयको आरोप छ । अख्तियारले समेत छानबिन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराईएको छ ।

स्थानीय तहले मुख्यमन्त्री, समान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा बुझएको विवरण सार्वजनिक भएपछि कञ्चनपुरका स्थानीय आश्र्चकित भएका छन् । कम व्यवस्थापन बढि खर्च गरेको भन्दै स्थानीयले समाजिक संजालमा बिरोध, चियाचोक चर्चा, टिका टिप्पणी र कतै स्थानीय तहमा ज्ञापन पत्र बुझाउन थालेका छन् । स्थानीयले नगरप्रमुख बीर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाउँदै कोडिभ खर्चको विवरण माग गरेका छन् । महाकाली नगरपालिका १ का स्थानीय केशव भट्टले स्थानीय तहले एउटै विषयमा विभिन्न शिर्षक देखाएर खर्च गरेको गरेको बताए । ‘कोडिभ खर्चमा अनियमितता भएको छ, ‘उनले भने, ‘अहिले हामीले सबै वडा अनुसार हिसाब माग गरेका छौँ ।’ नेपाली काँग्रेस महाकाली नगर सभापति डम्बर बहादुर चन्दले कोडिभ १९ खर्च बारे नगरपालिकाले अस्वभाविक खर्च गरेको आरोप लगाउँदै खर्चको सम्पूर्ण हिसाब किताब माग गरिएको बताए । ‘नगरपालिकाले कोडिभ बारे गरेको खर्च हामीलाई चित्त बुझेन, ‘उनले भने, ‘राहत वितरणमा समेत अनियमितता भएको छ ।’ स्थानीय एव काँग्रेस महाकाली नगर सचिव राजेद्र मल्लले हरेक शिर्षकमा स्पष्ट खर्चको विवरण माग गरिएको बताए । ‘अहिले आएको खर्चको हिसाब किताब स्पष्ट र पारदर्शी छैन्, त्यसैले हामीले पुरै विस्तृत विवरणका लागि नगरपालिकासंग माग गरिरहेका छौँ ।’

स्पष्ट र चित्तबुझ्दै हिसाब नदिए नगरपालिका बिरुद्ध सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् । कोडिभमा भ्रष्टाचार गर्ने जनप्रतिनिधी वा कुनै कर्मचारी भए त्यसको पनि छानबिनको माग अघि सारेका छन् । सबै स्थानीयले तहले आय र व्ययको स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने स्थानीयको आग्रह छ । तर, स्थानीय तहले भने कोडिभ खर्चमा भ्रष्टाचार नभएको दावि गरेका छन् । कोडिभ नियन्त्रणमा स्थानीय तहको महत्वपूर्ण भूमिकाको कदर गर्नुको साटो उल्टै आरोप लगाउने कामप्रति दुःख व्यक्त गरेका छन् । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले भारतका दुई प्रदेश खुला सीमा जोडिएको नगरपालिकामा चुनौतिका विच कोरोना रोकथाम गरिदा समेत केही व्यक्ति अमुख दलबाट आरोप आईरहेको बताए । ‘हाम्रो नगरपालिका भारतसंग ३०÷३५ किलोमिटर खुला नाका छ, ‘उनले भने, ‘नाकाबन्दी भएका बेला खुलानाकाबाट ७७वटै जिल्लाका स्थानीय आउँन थाले उनीहरुको व्यवस्थपनमै पनि ठुलो खर्च भएको छ ।’ ३३ क्वारेन्टाईनमा करिब ५ हजार मानिस बसेकाको उचित व्यवस्थापन लगायतमा स्वभाविक खर्च भएको बताए । अरु स्थानीय तहसंग तुलना गरेर खर्चबारे अनावश्यक टिकाटिप्पणी गरिरहेको बताउदै उनले जनता र दलले मागेको खर्चको विस्तृत विवरण साताभित्रै सार्वजनिक गरिने बताए । कञ्चनपुरका ९ वटै स्थानीय तहले कोरोना (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागी झण्डै १८ करोड खर्च गरेका छन् ।

चार महिनाको अवघिमा १७ करोड, ५९ लख, ९३ हजार ९ सय ८५ रुपैया खर्च गरेका हुन् । जिल्ला समन्वय समितिका अनुसार महाकालीमा २ करोड ३४ लाख, शुक्लाफाँटामा ३ करोड ७ लाख, कृष्णपुरमा २ करोड ९८ लाख, बेलौरीमा २ करोड १० लाख, भीमदत्तमा १ करोड ६९ लाख, पुनर्वास मा १ करोड ६३ लाख, बेदकोटमा १ करोड ४८ लाख, बेलडाँडीमा ९४ लाख र लालझाँडीमा ५९ लाख खर्च गरेका छन् । क्वारेन्टिन निमार्ण, क्वारेन्टिनमा प्रयोग हुँने सामाग्री खरिद, क्वारेन्टिनमा बस्नेको खाना खर्च, आइसोलेसन निमार्ण वा तयारी, आइसोलेसन व्यवस्थापन खर्च, आइसोलेसन खाना खर्च, औषधी, औषधीजन्य सामाग्री खरिद, स्वास्थ्य उपकरण, एम्बुलेन्स सञ्चालन, राहत सामाग्री वितरण, जोखिम भत्ता, यातायात खर्च लगायतका शिर्षकमा स्थानीय तहले खर्च गरेका छन् ।

जिल्ला समन्वय समिति कार्यालयको तथ्यांक अनुसार कञ्चनपुरमा सबै भन्दा बढी बजेट खर्च रातह सामग्री वितरण भएको पाइएको छ । रातह सामग्री वितरणमा शुक्लाफाँटा नगरपालिकाले सबैभन्दा बढी खर्च गरेको देखाएको छ । कोरोना(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा सबै भन्दा बढी खर्च गर्ने नगरपालिकामा शुक्लाफाँटा रहेको छ । शुक्लाफाँटाले ३ करोड ७ लाख ९ सय ४ रुपैया खर्च गरेको पाइएको हो । खर्च बढी गर्ने मध्ये दास्रो नम्बरमा भने कृष्णपुर नगरपालिका रहेको जिल्ला समन्वय समिति कार्यालय कञ्चनपुरको तथ्यांकमा छ । कृष्णपुर नगरपालिकालेले २ करोड ९८ लाख ७० हजार खर्च गरेको हो । त्यस्तै तेस्रो नम्बरमा महाकाली नगरपालिका रहेको छ । महाकाली नगरपालिकाले २ करोड ३४ लाख ८६ हजार रुपैँया खर्च गरेको तथ्यांकमा छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले २ करोड १० लाख ७९ हजार रुपैया कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको हो । कञ्चनपुरको सबै भन्दा ठुलो स्थानिय तहका रुपमा रहेको भीमदत्त नगरपालिकाले १ करोड ६९ लाख ४७ हजार रुपैँया खर्च गरेको पाइएको हो । पुनर्वास नगरपालिकाले १ करोड ६३ लाख ७७ हजार खर्च गरेको छ । बेदकोट नगरपालिकाले १ करोड ४८ लाख ३ हजार खर्च गरेको उक्त तथ्यांकले जनाएको छ । बेलडाँडी गाउँपालिकामा ९४ लाख ६२ हजार खर्च गरेको छ, भने लालझाँडी गाउँपालिकाले जिल्लामै सबै भन्दाकम अर्थात ५९ लाख १७ हजार मात्रै खर्च गरेको जिल्ला समन्वय समिति कार्यालय कञ्चनपुर जनाएको छ । क्वारेन्टाईनमा बसेर घर आएकाहरुले स्थानीय तहले संघ र प्रदेश सरकारलाई बुझाएको विवरण देखेर अच्चमित भएको बताएका छन् । उनीहरुले दालभात खुवाएर आफुहरुका नाममा स्थानीय तहले कमाउने धन्दा बनाएको आरोप लगाएका छन् ।

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow