Tuesday, October 27, 2020
गृहपृष्ठ आर्थिक नेकपा नेता ओझा बचाउन अभियान अन्तर्गत बेलडाँडीका नेताद्वारा सहयोग

नेकपा नेता ओझा बचाउन अभियान अन्तर्गत बेलडाँडीका नेताद्वारा सहयोग

कञ्चनपुर, २ भदौँ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर लालझाडी गाँउपालिका इन्चार्ज खेमराज ओझा(पदम) दुर्घटना परि शक्त घाईते भएका छन् । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका ओझाको नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल)मा उपचार भईरहेको छ । गत २६ साउनमा दुर्घटनामा परि ओझाको टाउको र अनुहारमा गम्भिर चोट लागेको छ । दुर्घटनाबाट घाईते नेता ओझाको उपचारमा ठुलो धनराशी खर्च हुने भएपछि कञ्चनपुर क्षेत्र नम्बर २का नेकपा नेता कार्यकर्ता, अगुवा एव शिक्षक बुद्धिजिवीले समाजिक संजाल मार्फत खेमराज ओझा(पदम) बचाउन अभियान संकलन गरेका छन् । ललित मल्ल, दिपक खत्री (निर्माण), जगदिश सेटी लगायतले संचालन गरेको ओझा बचाउन अभियानमा नेकपा बेलडाँडीका नेता कार्यकर्ताले सक्दो आर्थिक सहयोग गरेका छन् ।

नेकपा बेलडाँडीका इन्चार्ज अक्कल बहादुर विष्टले नेकपा बेलडाँडीका १२ जना नेताले सक्दो आर्थिक सहयोग गरेको बताए । गाउँपालिका प्रमुख धन. थापाले १५ सय, नेकपा बेलडाँडी इन्चार्ज विष्टका अनुसार स्वयम आफुले एक हजार, मोहन प्रशाद बडू, शंकर भट्ट, धन ब. खडकाले ५ सय, प्रेम खाती, भूवन एसके, चेत ब. शाह, कृष्ण रोकाया, कुल बहादुर खडका, एक एक हजार, बीर बहादुर खडका २ हजार र मोहन गिरीले एघार हजार आर्थिक सहयोग गरेका छन् । यसबाट कतिपय नेताहरुले समाजिक सद्भाव , एक साथिभाईलाई दुख संकट पर्दा हातेमालो भनेका छन् । अर्कातिर सत्ताधारी पार्टीको नेता कार्यकर्ता दुर्घटनामा पर्दा सहयोगका लागि चन्दा संकलन गर्नुपर्ने बाध्यता भएको बताएका छन् । अभियान अन्र्तरगत स्वदेश तथा विदेशबाट आर्थिक सहयोग संकलन भईरहेको छ । नेकपा नेता कार्यकर्ता पदम बचाउ अभियानमा सकृय भई जुटेका छन् ।

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow