Tuesday, October 27, 2020
गृहपृष्ठ विचार स्वेच्छिक जेल जिवन कि धरौटी अभाव !

स्वेच्छिक जेल जिवन कि धरौटी अभाव !

राजेन्द्र बिष्ट(परिबर्तन)

धरौटी बुझाउन नसकेपछि ओम प्रकाश पुन कारागार चलान शिर्षकमा नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली व्युरो इन्चार्ज ओम प्रकाश पुन अदालतले खोलेको पचास हजार धरौटी रकम बुझाउन नसक्दा कारागार चलान गरिएको समाचार प्रकाशित भएको छ । यसैगरी अहिले देशैभरी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु गिरफ्तार पश्चात् एक पछि अर्को धमाधम कारागार चलान गरिएको समाचारहरु पत्रपत्रिका र अन्य मिडियाहरुमा छाईरहेका छन् । रोचक कुरा त के छ भने माथिकै लिंकमा जस्तो समाचारका शिर्षकहरु धरौटी बुझाउँन नसकेर भन्ने शब्दावलीहरुको प्रयोगका साथ आईरहेका छन् र,समाचारमा अगाडी पार्टीका गिरफ्तार नेता कार्यकर्ताहरुको भनाई उद्धृत गर्दै लेखिएको हुन्छ, अदालतले धरौटीमा छोडे पनि प्रहरीले पुन: गिरफ्तार गरेर झुटो मुद्दा लगाउने प्रपन्च गरिरहेको हुँदा धरौटी जम्मा नगरेर कारागार जान बाध्य पारिएको हो । वास्तवमा धरौटी जम्मा नगरेर कारागार जानु पछाडिको एक मात्र मुलभुत कारण यही हो त ? या पार्टीका अन्य नीतिहरुले पनि यी घटना/ परिघटनाहरुलाई निर्देशित गरिरहेका छन् तर बाहिर मिडियाहरु र आम जनसमुदायमा आउँन नसकिरहेको मात्रै हो । धरौटी जम्मा नगर्नु पछाडि माथि भनिए जस्तै एउटा सामान्य कारण फेरी गिरफ्तार गरेर झुटा मुद्दा लगाउँने सरकारी बदनियत पनि हो तर मिडियामा आए जस्तै यो नै प्रमुख र मुलभूत कारण हो त ? भन्दा विलकुल होईन । यसका पछाडिको प्रमुख र मुलभुत कारण त पार्टीले विकास गर्दै गरेको एकिकृत जनक्रान्तिको कार्यदिशा अनुसारको जेल नीति हो भन्ने लाग्छ । जेल नीति अनुरूप नै पार्टीका नेता कार्यकर्ताहरु अदालतमा धरौटी जम्मा नगरेर स्वेच्छिक रुपमा कारागार गईरहेका हुन् । जुन कुरा पार्टीका नेता कार्यकर्ताहरुले आम जनसमुदायमा लिएर जान अति आवश्यक छ । जेल नीतिको विषय बाहिर आम जनमानसमा जति मात्रामा जसरी लिएर जानु पर्ने हो त्यसरी लिएर जान नसक्नु र पर्याप्त मात्रामा पार्टी सदस्यहरुलाई प्रशिक्षित गर्न अभाव देखिएका कारण पनि पार्टी वृत्त भित्र र वाहिर पनि विभिन्न खालका टिकाटिप्पणीहरु हुनु कुनै नयाँ विषय होईन ।

जस्तो कि; अदालतले खोलेको सामान्य खालको धरौटी रकम जम्मा गरेर दैनिक जीवन चर्यामा फर्किनुको साटो किन जेल जानु पर्यो र ? यो त मान्छेको जीवन जेलमा थन्काएर बर्बाद बनाउने काम बाहेक अरु केही भएन ? पुर्पक्षका लागि कारागार पठाएको कम्तीमा पनि ६/७ महिना भन्दा अगाडि अदालतले फैसला गर्दैन । त्यसपछि पनि अदालतको फैसला विपक्षमा आउन सक्छ, अनि के हुने ? सामान्य खालको केही हजार रकम जम्मा नगरेर कारागार जानु कहीं मुर्खतापुर्ण काम त भएन ? त्यसो भए त सबै कार्यकर्ता जेल गएर सकिने भए, बाहिर फिल्डमा कस्ले काम गर्छ ? आदि आदि यस्तै खालका टिप्पणीहरु हुन सक्छन् । जे जस्ता टिप्पणीहरु आए पनि ति सतही र गैर जिम्मेवार तरिकाले आएका देखिन्छन् । जुन टिका टिप्पणीहरुले क्रान्तिकारी हौसला बढाउँने भन्दा पनि निरासावादी बनाउँदै भित्रि रुपमा क्रान्ति भन्दा पनि प्रतिक्रान्तिको सेवा गरीरहेको देखिन्छ । जुन मालेमावादी सर्वहारा वर्गिय विश्व दृष्टिकोण भन्दा कोशौं टाढाको दुरीमा रहेको अर्थात् यसो पनि भन्न सकिन्छ दलाल पुँजिवादको हिमायती विचार अर्न्तगत पर्न जान्छन् । मान्छेका अभिव्यक्ति, गतिविधि, क्रियाकलाप लगायतका सम्पुर्ण कार्यहरु उसको वर्गिय धरातल, वर्गिय पक्षधरता र विश्व दृष्टिकोणद्वारा निर्देशित हुने गर्दछन् । कुनै व्यक्ति गिरफ्तार नभईकन, जेल जिवन नबिताइकन, विना कुनै अभाव, बलिदानका बाबजुद पनि क्रान्ति सम्पन्न गर्न सकिन्छ र आजको दुनियामा मरेर होईन बाचेर क्रान्ति गर्नु पर्छ भनेर भन्छ भने ऊ हिजोको दिनमा जतिसुकै असल क्रान्तिकारी भए पनि आजको समयमा क्रान्तिकारी रही रहन सक्दैन । चाहे हाम्रै पार्टी भित्रको मान्छेको कुरा किन नहोस् । ऊ पनि कुनै धर्म भिरुले मरे पछि स्वर्ग जानका निम्ती माला जपे जस्तै ओठें क्रान्तिकारी नारा मात्र भट्याईरहेको हो भन्ने गुँदी कुरा सजिलो सित बुझ्न सकिन्छ र उसले विचारधारात्मक हिसाबले हाम्रो भन्दा पनि पुँजिवादी दृष्टिकोण अवलम्वन गरिरहेको प्रष्ट हुन्छ । तसर्थ पार्टीलाई शुद्धीकरणका माध्यममार्फत थप शुदृढ गर्दै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न लायकको सक्षम क्रान्तिकारी चरित्र बाेकेको क्रान्तिकारी पार्टी निर्माण गर्नु आजको पहिलो अनिवार्य शर्त बन्न पुगेको छ । त्यसका लागि पार्टी भित्र लुकेर बसेका स्विकार्य प्रतिक्रान्तिकारी, छद्म अवसरवादी र दक्षिणपन्थी अराजकतावादीहरुको पहिचान गर्दै पार्टीलाई क्रान्तिकरण गर्नका लागि पार्टीले विद्यमान राज्य सत्ता सित कुनै पनि पार्टी सदस्यले अनैतिक र अवान्छित सम्झौता गर्न नपाओस् भन्ने उदेश्य बाेकेर जेल नितिलाई हरेक पार्टी सदस्यको जिवनको विषय बनाउँन आवश्यक छ । जेल नितिको आफ्नै विशिष्ट महत्व छ । जुन कुरा यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।

शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न पाउने, संगठन निर्माण गर्न पाउँने, सभा सम्मेलन गर्न पाउने र आफ्ना विचारहरु विभिन्न कार्यक्रमहरु मार्फत् जनतामा लिएर जान पाउँने जस्ता मौलिक हकहरु वर्तमान संविधानले प्रदान गरेको छ । संविधान प्रदत्त अधिकारको उपयोग गर्दै हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजिविकाका सम्बद्ध विषयमा आम जनसहभागिता मुलक तरिकाले कार्यक्रमहरु सन्चालन गरिरहँदा पनि जसरी वर्तमान के.पि. ओली मण्डली नेतृत्वको सामाजिक फासिवादी सरकारले संविधान उल्लंघन गरेर मानव अधिकार हनन हुने गरी गिरफ्तारी, धरपकड, झुटा मुद्दा लगाएर गैर न्यायिक हिरासतमा राख्ने काम गरिरहेको छ, यो सवालमा सम्पुर्ण मानव अधिकारवादी, नागरिक समाजका अगुवाहरुको असहमति रहदै आएको छ । सरकारद्वारा गरिदै आएका संविधान एवं मानव अधिकार उल्लंघनका विषयहरुलाई आम नागरिकसम्म पुर्याउँन अपरिहार्य छ । र विद्यमान राज्य सत्ताको खुनले लत्पतिएको असली शैतानी चरित्रको भण्डाफोर राष्ट्रिय/अर्न्तराष्ट्रिय मन्चसम्म गर्नका लागि पनि जेल मोर्चा उपयुक्त बाटो हो । यति मात्रै नभएर शहरी संघर्ष र जनविद्रोहका लागि पनि एउटा माहोल तयार हुन जान्छ । जेल जिवन क्रान्ति र आन्दोलनलाई अनुशासित, सुदृढ र बलिदान पुर्ण बनाउनका लागि पनि अति विशिष्ट मोर्चाको रुपमा बुझ्नु पर्ने हुन्छ । जुन कुरा संसारभरिका आन्दोलनहरुले पुष्ट्याई गरिसकेका छन् । चाहे त्यो भारतमा अंग्रेजहरुका विरुद्ध महात्मा गान्धिको नेतृत्वमा सन्चालन गरिएको अहिंसावादी आन्दोलन होस्, चाहे त्यो अफ्रिकामा मण्डेला नेतृत्वको वर्ण भेद विरुद्धको आन्दोलन नै किन नहोस् । संगसंगै मालेमावादी सिद्धान्तमा आधारित सशस्त्र जन विद्रोह, जनयुद्ध नै किन नहुन्, यी सबै आन्दोलन र क्रान्तिकारी युद्धहरुमा समेत जेल मोर्चाले महान गौरवमय बलिदानका गाथाहरु कोरेको छ । जुन गाथाहरुले आन्दोलनकारीहरुलाई स्पात बनाएको छ र आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनका लागि थप उर्जा प्रदान गरेको छ । लामो समय देखि संगसंगै वर्गिय मुक्ति आन्दोलनमा सहभागि भईरहेका कामरेडहरु गिरफ्तार भएर कारागार जिवन बिताउन बाध्य पारिदा बाहिर संघर्षमा होमिएका कामरेडहरु हतास र आन्दोलनबाट पलायन हुन पुग्छन् भन्ने सतही सोचाईको ठिक विपरीत झन् दृढ र क्रान्ति प्रति प्रतिबद्ध हुन पुग्छन् ।

थप बलिदानको भाव बढेर जाने कुरा स्वभाविक र प्रकृति प्रदत्त नियम हो । अर्का तिर जेल जिवनमा रहेका नेता कार्यकर्ताहरुले महत्वपुर्ण राजनीतिक/वैचारिक अध्ययन, राज्य पक्ष भित्र उपल्लो तहका कर्मचारीहरुको उत्पिडनमा तल्लो तहका कर्मचारीहरु कसरी पिल्सिन विवस छन्, पुँजि र राजनीतिक पहुँचका आधारमा गरिबीको रेखा मुनि रहेका बहुसंख्यक जनतालाई मुठ्ठी भरका शोषक, सामन्तहरुले कसरी राजनीतिक सत्ताको शिकार वनाईरहेका छन्, कसरी युवा वर्ग कुलत,दुर्व्यसन लगायतका सामाजिक विकृती,विसंगतीको दल दलमा फसिरहेका छन्, आदि लगायतका सामाजिक अर्न्तविरोधका विषयहरुमा अनुसन्धान गर्ने एउटा पाठशालाको रुपमा कारागारलाई उपयोग गर्दै आफ्नो ज्ञान बृद्धि गर्न सक्छन् । जसले आन्दोलन विकासका लागि थप मद्दत नै पुर्याउँदछ ।

किनकी क्रान्ति भनेको नै समाजका अर्न्तविरोधहरुको हल गर्नु हो । त्यसकारण जेल भनेको क्रान्तिकारीहरुका लागि डर, भयको घर नभई थप निडर, साहस र बलिदानको भाव विकास गराउदै वर्ग दुश्मनका विरुद्ध सतीसाल झैं उभ्याउन सिकाउँने एउटा विशेष युद्ध मोर्चा हो । धरौटी जम्मा नगर्नु भनेको पैसा खोज खाज गर्न नसकेर हो भन्नु या पुन: गिरफ्तार हुने त्रासले मात्रै हो भन्ने बुझाई ठिक होईन । यो त एकिकृत जनक्रान्तिको मुल्य, मान्यता र मर्म विपरीत हुन जान्छ । बरु धरौटी जम्मा नगर्नु भनेको यो राज्य सत्ताका विरुद्ध धावा बाेल्नु हो ।विद्यमान संसदीय व्यवस्थाको जग कमजोर पार्दै जानु हो । अझ भन्ने हो भने राज्य पक्षले लगाएका झुठा मुद्दाहरु सर्त रहीत तरिकाले अमान्य घोषणा गर्नु अथवा खारेज गर्नु हो । हाम्रा नेता कार्यकर्ताहरुका नाममा गलत तरिकाले झुठा मुद्दा लगाएर अदालतबाट धरौटी रकम खोली सके पछि हामीले धरौटी रकम जम्मा नगर्नु नै सही हुन्छ किनकी धरौटी रकम जम्मा गर्नु भनेको राज्यले हामी माथि लगाएको मुद्दा स्विकार गर्नु ठहरिन्छ । तसर्थ हामीले अदालतमा धरौटी रकम जम्मा नगरी कारागार जानु भनेको स्वेच्छिक जेल जिवन छनौट गर्नु हो । यो नेपाल कम्युनिष्ट पार्टीको जेल नीति अवधारणा अर्न्तगत रहनु पर्छ । जसले मालेमावादी सिद्धान्त र एकिकृत जनक्रान्तिको पक्षपोषण र सेवा गरेको नै हुन जान्छ । अत: एकिनका साथ भन्न सकिन्छ, जेल जिवनले पार्टी आन्दोलनलाई कमजोर बनाउने भन्दा पनि जुझारु र गतिशील नै बनाउँछ ।
अन्तमा, वैज्ञानिक समाजवादी सत्ता प्राप्तीको क्रान्तिकारी आन्दोलनको क्रममा जेल मोर्चामा रहेर विशिष्ट योगदान पुर्याइरहनु भएका कामरेडहरुलाई बधाई धन्यवाद! शुभकामनाका साथै अभिवादन व्यक्त गर्दछुँ ।

लेखक : नेकपा विप्लवका नेता हुन् उनको यो निजी विचार हो ।

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow