सेवाग्राही र सरोकारवाला बीच अन्तक्रिर्या कार्यक्रमका साथ विश्व एड्स दिवस भब्यताका साथ सप्पन्न
कञ्चनपुर: महेन्द्रनगरमा ३५ औं विश्व एड्स दिवस भव्यताका साथ अन्तरक्रिया गरि मनायोका छन् ।
बिहीवार विश्व भरी एड्स दिवस मनाउनुका साथै कञ्चनपुरमा पनि अन्तरक्रियाका साथ एक कार्यक्रमको आयोजना गरि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले ” एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” भन्ने मुल नाराका साथ संयुक्तरूपमा नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाको सभा हलमा ३५ औं विश्व एड्स दिवस मनाइयोको हो।
जिल्ला भरिएको तथ्यांकअनुसार अनुसार आर्थिक वर्ष ०७७/७८ मा ३०५ एआरटी लिएका थिए भने आर्थिक वर्ष ०७८/७९ मा ३९९ रहेका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआईभी एड्स फोकल पर्सन कपिलदेव जोशीले प्रस्तुतीकरण दिनु भएको थियो।








सामाजिक सुरक्षा भत्ता ,सिपमुकल तालिम , दक्षता अनुरुप रोजगारको सिर्जना गर्नु पर्ने लगायतका कुरामा सरकार लाई झकझकाउनु पर्नेमा पहल गर्दिन समेत सरकारी तथा गैरसरकारी संघसंस्था लाई जोड दिन समेत पर्ने गुनासो पोख्नु भयो। स्वास्थ्यको अवस्था लाई मध्यनजर गर्दै नि:शुल्क , औषधिको अवस्था , शिक्षाको अवस्थाको बारेमा पनि के रहेको छ भन्ने बारेमा विशेष जोड दिनु पर्ने विशेष कुरा छलफलको माध्यम बाट आओस् भन्ने उद्देश्यका साथ विश्व एड्स दिवस र्याली ननिकालेर अन्तरक्रिया संगै छलफलका साथ कार्यक्रमको आयोजना गरिएको हो।






