Saturday, January 28, 2023
गृहपृष्ठखेलकुदपाचौं आई.सी. वाई सी. कप : दुई क्लबको सुखद सुरुवात

पाचौं आई.सी. वाई सी. कप : दुई क्लबको सुखद सुरुवात

आज दोस्रो दिन पहिलो खेल बंक स्पोर्ट्स क्लब र शुक्लाफाँटा नगरपालिका वडा न.१२ , दोस्रो लालझाडि वडा न.५ र अमरज्योती युवा क्लब “बि” ,तेस्रो खेल मछेली युवा क्लब कृष्णपुर -२ र अमरज्योती युवा क्लब “ए” का बिच प्रतिस्पर्धात्मक खेल हुने

विकास सिंह महता/ कञ्चनपुर

जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगिता मा दुई क्लबले सुखद सुरुवात गरेका छन् ।May be an image of 11 people and people standing

उद्धघाटन पहिलो खेलमा इटाहा चारपाते युवा क्लब निलो र नवदुर्गा युवा क्लब पर्सिया बिच भएको रोमाञ्चक खेलमा इटाहा चारपाते युवा क्लब निलोले १-० गोलले नवदुर्गा लाई पराजित गर्यो । दोस्रो खेल जय लक्ष्मी एकता समाज बेलडाँडी र शान्ती युवा क्लब बेदकोट दैजी बिच भएको खेलमा २-० गोलको अन्तरले जयलक्ष्मी एकता समाज लाई हराउदै आफ्नो सुखद सुरुवात गरेको छ।May be an image of 3 people, people standing, outdoors and text that says 'Jeep'

” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ को कार्तिक ११ गते एक कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले प्रतियोगिताको उद्धघाटन गर्नु भएको छ। कार्यक्रमका विशिष्ट अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना अतिथि वडा अध्यक्ष पहल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।May be an image of 16 people, people standing and outdoors

प्रतियोगिता इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन भैरहेको छ। पाचौं आई सी वाई सी कपका संस्थापक हेमन्त रानाले बताउनु भयो। प्रतियोगिताका आज तिन खेल हुनेछन् ।May be an image of 7 people, people standing, grass and sky दोस्रो दिन पहिलो खेल बंक स्पोर्ट्स क्लब र शुक्लाफाँटा नगरपालिका वडा न.१२ , दोस्रो लालझाडि वडा न.५ र अमरज्योती युवा क्लब “बि” ,उक्त दिनको तेस्रो खेल मछेली युवा क्लब कृष्णपुर -२ र अमरज्योती युवा क्लब “ए” का बिच प्रतिस्पर्धात्मक खेल हुनेछन् ।May be an image of 10 people

प्रतियोगिता नकाउओट आधारमा संचालन भैरहेको छ। जसमा ३४ टिमको सहभागिता रहेको छ। पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो। रानाले बताउनु भयो । उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

ताजा समाचार