Saturday, January 28, 2023
गृहपृष्ठजिवनशैलीहात्ती भगाउन निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषद्धारा समितिलाई उपकरण हस्तान्त्ररण

हात्ती भगाउन निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषद्धारा समितिलाई उपकरण हस्तान्त्ररण

बेलडाँडी,
हात्ती भगाउन शुक्लाफाँटा निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषद्धारा तीन समितिहरुलाई उपकरण हस्तान्त्ररण गरेको छ ।

मानव बस्तीमा हात्तीले त्रास मचाउन थालेपछि हात्ती भगाउने उपकरण समितिहरुलाई हस्तान्त्रण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । कालिकिच उपभोक्ता समिति, बागेश्वरी उपभोक्ता समिति र सोभाताल उपभोक्ता समिति बेलौरीलाई उक्त उपकरण हस्तान्त्रण गरेको हो । सो उपकरण हात्ती आउदा ठुलो आवाज आउने गरी पट्काउन मिल्ने र उक्त आवाजले हात्ती भाग्ने उनीहरुको भनाइछ । पुर्ण रुपमा हात्ती नभागेपनि केहि हदसम्म राहत हुने जनाइएको छ ।


सो उपकरण हात्ती आउने क्षेत्रमा पट्काइने समितिहरुले जनाएका छन् । पछिल्लो समयमा हात्तीले कञ्चनपुरमा आतंक मचाइराखेको छ । बेलडाँडी वडा नं.२ को क्याम्प क्षेत्र र कालिका क्षेत्रमा पछिल्लो समयमा बालीनालीको क्षति गरेको छ ।

ताजा समाचार