Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी कांग्रेसका युवा नेता पण्डितद्धारा एमालेमा प्रवेश

बेलडाँडी कांग्रेसका युवा नेता पण्डितद्धारा एमालेमा प्रवेश

बेलडाँडी,
नेपाली कांग्रेसका युवा नेता पुष्पकमल पण्डितद्धारा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसको कार्यशैली देखि वाक्क दिक्क बनेका तरुणका क्षेत्रिय नेता पण्डितले आए औपचारीक रुपमा एमाले प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा गुटगत, नातावाद कृपाबाद, जस्ता चरम विभेदलाई सामना गर्दै आएका युवा नेताले अन्तत ः पार्टी परित्याग गर्दै आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले क्षेत्र १ (ख) उम्मेदवार छनौट कार्यक्रममा पण्डितले काँग्रेस परित्याग गर्दै औपचारिक रुपमा एमालेमा प्रवेश गरेका हुन ।

०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट बेलडाँडी ३ मा वडा सदस्यमा निर्वाचित भएका पण्डित यसै बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बेलडाँडी गाउँपालिका उप प्रमुखमा बागी उम्मेदवारी दिएका थिए ।

ताजा समाचार