Saturday, January 28, 2023
गृहपृष्ठकला साहित्यआज देखि बेलडाँडीको झिलमिलामा गौराको अवसर पारेर देउडा लाग्दै

आज देखि बेलडाँडीको झिलमिलामा गौराको अवसर पारेर देउडा लाग्दै

बेलडाँडी,
सुदूरपश्चिमेलीहरु महान पर्वका रुपमा मनाउने गौंरा पर्वको अवसरपारेर बेलडाँडी वडा नं.५ को झिलमिला गौडीमा देउडा विशेष कार्यक्रम आयोजना हुन लागेका छ ।

गोरा महेश्वरी मन्दिर समिति बेलडाँडी ४,५ झिलमिला बैवाहको आयेजनामा राष्ट्रिय तथा स्थानीय देउडा गायकहरुको बेजोड प्रस्तुती आजै देखि हुने भएकाले देउडीया प्रेमी तथा शुभचिन्तकरुलाई समितिले खुल्ला निमन्त्रणा गरेको छ । समितिले धर्म संस्कृति जर्गेनाका लागि उक्त कार्यक्रम गर्न लागेको हो । यस्ता कार्यक्रम विगतका दिनहरुमा समेत हुनेगरेका छन् तर यसपालिका राष्ट्रिय स्तरका देउडीयाहरुलाई समेत समावेश गरेकाले आक्रशित कार्यक्रम बनाउन खोजेको समितिले जनाएको छ ।

 

ताजा समाचार