Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसंविधान सभा सदस्य बिष्टको नेतृत्वमा बेलडाँडी पुनर्वासको टोली संघिय मन्त्रालय

संविधान सभा सदस्य बिष्टको नेतृत्वमा बेलडाँडी पुनर्वासको टोली संघिय मन्त्रालय

काठमाडौं,
संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता दिवान सिंह बिष्टको नेतृत्वमा बेलडाँडी, पुनर्वास नगरपालिकाको टोली लिएर संघिय मन्त्रालयहरुमा आफ्नो क्षेत्रको विकास गरिदिनका लागि डेलिगेशन लिएर गएका छन् ।

विकासको हिसावले पाँच बर्ष पछाडी कञ्चनपुरको क्षेत्र नं. १ धकेलिएको भन्दै आफ्नो क्षेत्रको विकास गरिदिनका लागि बेलडाँडी गाउँपालिका र पुनर्वास नगरपालिकाको प्रमुख, उपप्रमुख लगायतको टोलीलाई लिएर आज बिभिन्न मन्त्रालयमा डेलिगेशन गएको बिष्टले बताए ।

संघमा यसक्षेत्रकी चेली हुँ भन्दै जनतालाई कुनै बिकास नदिइ चुनाव जितेर खानेपानी मन्त्री समेत बनेकी विना मगरले विकासका नाममा कुनै सिन्को नभाचेको बताउदै बेलडाँडी बेलौरी पुनर्वास र लालझाडीमा तिनकै कारण विकासबाट पाच बर्ष पछाडी धकेलिएको बताए ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिचन्द्र रानाले भने स्थानीय सरकारको बजेटले मात्र थुप्रै कार्यहरु सम्भव नहुने भएकाले संघ प्रदेशमा समस्या र योजना बनाएर माग गरिरहेको बताए । उहाँका अनुसार प्रधानमन्त्री कार्यालय,अर्थ मन्त्रालय,कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय,खानेपानी तथा सहरी विकास मन्त्रालय,गृह मन्त्रालय, जलस्रोत तथा ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतमा बेलडाँडी विकासका लागि फाइल पठाएको बताए ।

यस्तै बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथका अनुसार आफुहरु यहाँ पुगेर बेलडाँडीको विकासका लागि केहि काम गरेरै फर्किने बताए । हामीले लगभग सबै मन्त्रालयमा पुगेर बेलडाँडीका समस्याहरु समाधान गरिदिनका लागि आग्रह गरेका थिर्यौं । मन्त्रीहरुले धेरै नसकेपनि केहि बजेट दिने आसवासन दिएका छन् । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई बेलडाँडीका प्रमुख उपप्रमुखले भेटेर ज्ञापन पत्र तथा माग पत्र बुझाएका हुन मन्त्री श्रेष्ठले यो बेला योजना दिने बेला नभएको भन्दै सक्दो सहयोग गर्ने बताए ।

भोलि पनि केहि मन्त्रालयमा जाने कार्यक्रम रहेको बेलडाँडीका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार जनताको पक्षमा थप बजेट ल्याउन सके सबै बेलडाँडी बासीहरुलाई फाइदा हुने बताए ।
यस्तै पुनर्वास, कृष्णपुर,शुक्लाफाटा बेदकोट, भीमदत्तका लगायतका प्रमुख उपप्रमुख समेत विभिन्न माग लिएर मन्त्रालय पुगेका थिए । 

ताजा समाचार