Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीनिर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि निरन्जन भट्ट आँकाक्षी

निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि निरन्जन भट्ट आँकाक्षी

कञ्चनपुर,
निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी संघ कञ्चनपुरको आगामी भदौँ तेस्रो साता नयाँ नेतृत्व चयन हुने छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको २४ भदौँमा २५ औँ बार्षिक साधारण सभा तथा अधिवेशन भईरहेको छ ।
अधिवेशनबाट संघको नयाँ कार्य समिति चयन हुने छ । यस पटक चर्चित सफल निर्माण व्यवसायी निरन्जन प्रशाद भट्ट नेतृत्वको आँकाक्षी देखिएका छन । संघको निर्वाचन आउँन झण्डै महिनादिन बाँकी रहदा भट्टले दौडधुप बढाएका छन ।
झण्डै तीन दशकदेखि निर्माण व्यवसायीमा प्रत्यक्ष संलग्न भएका निर्माण व्यवसायी भट्टले संघको नेतृत्वका लागि आँकाक्षा देखिएका हुन । उनले निर्माण व्यवसायीको हकहितका साथै अधिकार निर्माण क्षेत्रलाई सम्मानित पेशा बनाई दिगो विकास र सम्बृद्धिको चाहना लिएका छन ।
भट्ट परिवारबाट प्रभावित भएर क्याम्पस अध्ययन गर्दागर्दै निर्माण व्यवसायमा जुटेका थिए । उनका बाजे स्व.राधाकृष्ण भट्ट र बाबु टिकाराम भट्टपनि निर्माण व्यवसायी नै हुन । बाबु र बाजेले रोजेकै पेशा उनले पनि रोजेका छन ।
०५२ सालमा स्नातक अध्ययनकै सिलसिलामा भट्ट निर्माण व्यवसाय सम्हालेका थिए । वाईआर कस्ष्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक समेत रहेका भट्ट ०६१ सालदेखि निर्माण व्यवसायी संघ कञ्चनपुरको कार्य समितिमा बस्दै आएका छन । ०६१ सालमा कार्य समिति सदस्य निर्वाचित भएका थिए । ०७३ सालमा बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भए । ०७१ र ०७६ मा पनि अध्यक्षमा लडेका भट्ट सफल हुन नकेनन । निर्माण व्यवसायी महासंघ सुप प्रदेश महासचिवको समेत जिम्मेबारीमा निर्वाह गरिसकेका भट्ट यस पटक भने सहमतीकै प्रयासमा नेतृत्वका लागि दौडधुपमा छन । दैनिक निर्माण व्यवसायीसंग छलफल एव सम्वादमा छन । भट्ट सफल निर्माण व्यवसायी भएकै कारण समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै विभिन्न सरकारी कार्यालयबाट पुरस्कार तथा सम्मान पाएका थिए । निर्माण व्यवसायी मात्र नभई भट्ट समाजिक क्षेत्रमा समेत उत्तिकै परिचित छन । निङलाशैनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गत बर्ष सरकारले भट्टलाई जनसेवा श्री पदमबाट विभुषित गरेको थियो । भट्ट उदयदेव बहुउदेश्यीय सहकारी, निङलाशैनी भुतपुर्व विद्यार्थी समाजदेखि थुप्रै समाजिक संघ संस्थासंग आबद्ध थिए । कोरोना महामारीकादेखि विभिन्न विपद्का लागि समाजिक काम गर्दै आएका निर्माण व्यवसायी भट्टको समाजिक क्षेत्रमा समेत चर्चा परिचर्चा छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षका लागि देखिएका निर्माण व्यवसायी भट्टले आम निर्माण व्यवसायीका विद्यमान समस्या,पीडा सम्बोधन गर्दै हक अधिकारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । भट्ट निर्माण व्यवसायी संघको अध्यक्षमा देखिएपछि उनलाई अन्य निर्माण व्यवसायीको समेत साथ सर्मथन रहेको छ ।

ताजा समाचार