Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा गठवन्धन आवश्यक छैन् ः क्षेत्र नं.१ कांग्रेस

कञ्चनपुरमा गठवन्धन आवश्यक छैन् ः क्षेत्र नं.१ कांग्रेस

कञ्चनपुर,
मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धनको सहमति हुदा समेत संविधान सभा सदस्य दिवान सिह बिष्टले कञ्चनपुरमा गठवन्धनको आवश्यकता नभएको बताउदै आएका छन् ।

स्थानीय तहको निर्वाचन मत परिणामले कांगेस बालियो भएको स्पष्ट हुदा हुदै गठवन्धनको आवश्यकता नभएको क्षेत्र नं. १ का पार्टी सभापति गोपी प्रसाद उपाध्यायले बताउदै आएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस क्षेत्रमै बलियो स्थानमा रहेको थियो । तेस्रो नम्बरमा रहेको माओवादीलाई संघीय सांसद पद दिने गरी हुने गठबन्धन क्षेत्र नं.१ का नेता कार्यकर्ताहरुलाई स्वीकार्य नहुने उपाध्याय बताउछन् ।

पार्टी नेतृत्वलाई क्षेत्र नं.१ को अवस्थाका बारेमा बारम्वार घचघच्याउदै आएका नेताकार्यकर्ताहरु गठवन्धन बहिस्कारको पक्षमा सामाजिक संजालमा खुलेरै बोल्न थालेका छन् । कांग्रेस बाहेक सत्तारुढ दलका नेता कार्यकर्ता भने यति बेला मौन बसेका छन ।

 

ताजा समाचार