Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीप्रधानमन्त्री देउवाले देशभरीका काँग्रेसका जनप्रतिनिधिलाई आज रात्रीभोज दिँदै

प्रधानमन्त्री देउवाले देशभरीका काँग्रेसका जनप्रतिनिधिलाई आज रात्रीभोज दिँदै

काठमाडौं,
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमका लागि देशभरबाट आएका पार्टीका जनप्रतिनिधिलाई आज सोमबार रात्रीभोज दिने भएका छन् ।

उनले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । हेरिटेजमै काँग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ । आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रीभोज दिने कार्यक्रम रहेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।

जनप्रतिनिधिहरुलाई आज सोमबार विषय विज्ञले प्रशिक्षण दिएका छन् भने भोली मंगलबार महामन्त्रीद्वय र प्रवक्ताले प्रशिक्षण दिएपछि कार्यक्रम सम्पन्न हुनेछ ।

ताजा समाचार