Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमेयर पोतिलालले अर्थमन्त्री शर्मालाई भने, ‘बेलौरी छोटी भन्सारको स्तरोन्नती गरिदिनुप¥यो’

मेयर पोतिलालले अर्थमन्त्री शर्मालाई भने, ‘बेलौरी छोटी भन्सारको स्तरोन्नती गरिदिनुप¥यो’

काठमाण्डौँ,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका जनप्रतिनिधीको टोली यति बेला संघीय सरकार समक्ष डेलिगेशनमा गएको छ । सोमबारदेखि विभिन्न मन्त्रालयमा डेलिगेशन दिएको बेलौरी नगरपालिकाको टोलीले मंगलबार अर्थमन्त्रालय सहितका तीन मन्त्रालयमा डेलिगेशन दिएको छ ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीको नेतृत्वमा गएको जनप्रतिनिधी, राजनीतिक दलको टोलीले मंगलबार एकैदिन तीन मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले बताए ।
बेलौरी नगरपालिकाको टोलीले अर्थमन्त्री जर्नादन शर्मा (प्रभावकर), शिक्षामन्त्री, भौतिक मन्त्री लगायत राज्यमन्त्री, सचिवसंग भेटघाट गरेर ज्ञापन पत्र बुझाएका छन ।

बेलौरी नगरपालिका ६ बैशाखमामा रहेको छोटी भन्सारको स्तरोन्नती र संचालनका लागि अर्थ मन्त्रालयका तर्फबाट सहयोग गरिदिन आग्रह गरेका छन । ‘पारीपट्टी भारतको लखिमपुरखिरीमा भन्सार छैन, हाम्रो नेपाल कञ्चनपुर बेलौरीमा छोटी भन्सार छ, ‘मेयर चौधरीले अर्थमन्त्री शर्मासंग भने, ‘बेलौरी भन्सारको स्तरोन्नतीको विकल्प छैन ।’ अर्थ मन्त्रालयका तर्फबाट बेलौरी भन्सारको यथाशिघ्र बृद्धि गरेर संचालनमा सहयोगका लागि अर्थमन्त्रीलाई आग्रह गरेका छन ।

ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री शर्माले आफ्नो तर्फबाट बेलौरी नाका विस्तारका लागि आवश्यक सहयोग गर्ने आवश्वासन दिएका छन । हुलाकी सडकमा रहेको ब्यारेल हटाउन, पूर्वाधार विकास, शिक्षा, आरक्षपीडित, बेलौरी कलुवापुर सडकखण्ड अन्र्तरगत निकुञ्जमा पर्ने सडक कालोपत्रे अवरोध हटाउन समेत पहल गरिदिन माग अघि सारेका छन ।

बेलौरीका मेयर चौधरीसंगै लालझाडीका प्रमुख निर्मल राना, माओवादी नेता दिपक तिमिल्सेना , एमाले जिल्ला सचिव पल्लवराज भट्ट, काँग्रेस नेता हरि चन्द, सहितका जनप्रतिनिधीको सहभागिता रहेको थियो । डेलिगेशनको पहिलो दिन क्षेत्र १की संसद पुर्वमन्त्री बिना मगरले नेतृत्व गरेकी थिईन ।

ताजा समाचार