Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीयुवा जनस्वमसेवक नेपाल ले दले अध्यक्ष मल्ललाई कालो मोसो

युवा जनस्वमसेवक नेपाल ले दले अध्यक्ष मल्ललाई कालो मोसो

बाके,
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई नेकपा बहुमत को साहयक संगठन युवा जनस्वयसेवक नेपाल कर्णाली व्युरो ले अध्यक्ष मल्ललाई कालोमोसो दलेको छ । कार्वाही गर्नुका कारणहरु बुदागत रुपमा उल्लेख गरिएका छन ।

विज्ञप्ति को पुर्णपाठ
हाम्रो गौरवसालि संगठन युवा जनस्वयमसेवक नेपाल राष्ट्रियता,जनतन्त्र र जनजिविका को सन्दर्भमा विगत लामो समय देखि बलिदानको गौरवपुर्ण ईतिहास रच्दै विभिन्न खाले समाजिक विकृति विसंगति का विरुद्ध धावा बोल्दै आईरहेको कुरा सबैमा अवगत नै छ।

यसै सन्दर्भमा बाके जिल्ला को कोहलपुर नगरपालिका वार्ड नम्बर ११ स्थित कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समय यता उपभोक्ताहरुबाट त्यहाँ भईरहेको अनयिमितता खवरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्ल धम्कि दिने गरेको साथै संस्था मा थुप्रै खाले अनमियतता भएाले चेतावनी स्वरुप हाम्रो संगठनले कालो मोसो दलि सांकेतिक कार्वाही गरेको छ। कार्वाही किन गरियो सो बारे निम्न अनुसारका बुदाहरु उल्लेखित गर्दछौं ।साथै यसै प्रेस वक्तव्य मार्फत कार्वाही व्यवहार जानकारी गराउदछौ।

१. गतबर्ष नै सधार सभा गरि नयाँ कार्यसमिति चयन गरि संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको बिधान विपरीत अवैधानिक ढंगले कार्य समिति चलाएकाले ।

२. नगरका विभिन्न ठाउँहरुमा खानेपानी पाईपहरु विस्याउदा तथा मर्मत सम्भार गर्दा व्यापक रुपमा आर्थिक अनमियतता रहेको जनगुनासो आएकाले।
३. नगरका विभिन्न वडा जस्तै ६,१० र ११ नम्बर लगायतका वडाहरुमा महिनौ सम्म पानी नदिएको विल भने नियमित असुलेको उपभोक्ताले गुनासो राख्दा उल्टै धम्काउने जनगुनासो आएकाले ।
४. फोन मार्फत विभिन्न जानकारी तथा गुनासो राख्दा फोनमा कुरा गर्न नमान्ने नम्बर चिनेपछि फोन रिसिभ नगर्ने आमनगर वासिको गुनासो राख्न पाउने र सुचना प्राप्त गर्न हकबाट जनताहरुलाई बञ्चित गरिएको हुनाले ।
५. राजनीतिक पहुचका भरमा अबैधानिक कार्य गर्ने समाजिक अपराध गर्ने व्यक्तिलाई संरक्षण गरेकाले
६. सांस्कृतिक रुपमा बिचलन आर्थिक रुपमा अराजक समाजिक रुपमा बहिष्कृत भएकाले । 

ताजा समाचार