Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसार्कीपार्की टोलमा तटबन्ध निर्माणमा खटिएका सशस्त्र प्रहरीलाई माओवादी केन्द्रद्वारा चिउरा चाउचाउ वितरण

सार्कीपार्की टोलमा तटबन्ध निर्माणमा खटिएका सशस्त्र प्रहरीलाई माओवादी केन्द्रद्वारा चिउरा चाउचाउ वितरण

कञ्चनपुर,
कटानीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका ४ स्थित सार्कीपार्की टोलमा तटबन्ध निर्माणमा खटिएका सशस्त्र प्रहरी बलका जवानलाई नेकपा माओवादी केन्द्रले चाउचाउ चिउरा, पानी वितरण गरेको छ ।
तटबन्ध निर्माणमा खटिएका सशस्त्र प्रहरी जवानलाई माओवादी केन्द्र बेदकोट नगर कमिटीले चाउचाउ, चिउरा र पानी वितरण गरेको हो । नेकपा माओवादी केन्द्र बेदकोट नगरका सचिव दान बहादुर बमले जनताको सेवामा अहोरात्र खटिने सशस्त्र प्रहरीको हौसलाका लागि चिउरा चाउचाउ वितरण गरिएको बताए । माओवादी केन्द्र नगर सचिव बमले सार्कीपार्की टोल विपद्को उच्च जोखिममा रहेको सरकारी निकायबाट थाहा हुँदाहुँदै समयमै तटबन्ध निर्माण नहुँदा नागरिक विपद्मा परेको बताए । माओवादी केन्द्रले कटानी क्षेत्रको स्थलगत अनुगमनका साथै चौधर नदीको हेड टु टेल बलियो तटबन्ध निर्माणमा जोडदिएका छन ।

ताजा समाचार