Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस कञ्चनपुरका सचिव भट्ट सरस्वती माविको अध्यक्षमा चयन

काँग्रेस कञ्चनपुरका सचिव भट्ट सरस्वती माविको अध्यक्षमा चयन

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखाम स्थित सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।
विद्यालयका सहायक प्रअ नवराज पन्तले सहमतीय आधारमा समिति गठन भएको बताए । उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भीम भट्ट चयन भएका छन ।
उनी नेपाली काँग्रेस कञ्चनपुरका सचिव तथा युवा नेता हुन । सोही विद्यालयका पुर्व विद्यार्थी एव काँग्रेसको जिल्ला नेतृत्वमा पुर्व विद्यार्थी नेता समेत रहेकाले विद्यालयको बृद्धि विकासको अपेक्षा गरिएको छ ।
सदस्यमा महेश प्रशाद भट्ट, सरस्वती मिश्र, दल बहादुर चौधरी, मधु कामी, सृजना रावल, पदेन सदस्य उत्तम प्रशाद भट्ट चयन भएका छन । शिक्षक प्रतिनिधीमा लक्ष्मण राज जोशी चयन भएका छन । भने सदस्य सचिवमा स्वयत प्रअ जगन्नाथ पाण्डेय रहेका छन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भीमराज भट्टले विद्यालयको बृद्धि विकास गर्ने प्रतिबद्धता जोहर गरेका छन ।

ताजा समाचार