कञ्चनपुर,
नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको कोषाध्यक्षमा लगातार चार पटक थिरेन्द्रचन्द्र भट्ट चयन भएका छन ।
रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि शनिबार निर्वाचन हुँदै छ । शुक्रबार उम्मेदवारी दर्ता अन्र्तरगत कोषाध्यक्षमा थिरेन्द्रचन्द्र भट्ट निर्विरोध चयन भएका छन । १३ औँ देखि लगातार १६ औँ कार्य समितिसम्म भट्ट कोषाध्यक्षको जिम्मेबारीमा छन । बेदकोट नगरपालिका स्थित बैजनाथ नमुना मावि जडेपानीका प्रअ समेत रहेका भट्ट शिक्षा, समाजिक क्षेत्रका प्रभावकारी काम गरे बाफत फेरी उनलाई नै कोषाध्यक्षको जिम्मेबारीमा ल्याएको रेडक्रसकर्मीले बताएका छन । यस्तै मन्त्रीमा रघुनाथ भट्ट पनि लगातार तीन पटक निर्वाचित भएका छन ।
मन्त्रीमा भट्ट लगातार मन्त्री १४, १५ र १६ औँ निर्वाचित भएका छन । उपमन्त्रीमा मघु बोहरा दुई पटक लगातार निर्वाचित भएकी छिन । बोहरा १५ र १६ औँ कार्य समितिमा निर्वाचित भएकी छिन । भने उपकोषाध्यक्षमा ईश्वरी भट्ट चयन भएका छन । जिल्ला कार्य समितिको नेतृत्वका लागि टेकराज उपे्रती र मदनराज पाण्डेविच प्रतिस्पर्धा हुने छ । दुवै प्यानल शुक्रबार रातभरी मतदाता आफ्ना पक्षमा पार्नका लागि दौडधुप बनाईरहेका छन ।

