Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी उप-प्रमखको पहलमा स्वास्थ्य सामग्री भित्र्याउदै

बेलडाँडी उप-प्रमखको पहलमा स्वास्थ्य सामग्री भित्र्याउदै

बेलडाँडी,
कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिमा बेलडाँडी उप-प्रमुखको पहलमा स्वास्थ्य सामग्री भित्र्याइएको छ ।

बेलडाँडीकी उपाध्यक्ष शान्ती नाथको पहलमा सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयबाट स्वास्थ्य सागग्री माग गरी बेलडाँडी ल्याएको जानकारी गराउनु भयो ।
उहाँका अनुसार प्रदेश स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट ७ लाख बराबरको स्वास्थ्य सामग्री ल्याएको बताए । अक्सीजन सिलिण्डर, औषधी, स्टेचर लगायतका समान तुरुन्तै ल्याएको र सुविधा सम्पन्न एम्वुलेन्स लगायतका सामग्रीहरुको समेत माग गरेको बताईन । लागतार तीन दिनको दौड पछि आज उक्त सामग्री हात लागेको उपाध्यक्ष नाथले जानकारी गराए ।

बेलडाँडीको भौतिक विकासका लागि बेलडाँडी जनप्रतिनिधी लगायतको टिम केही दिनमा संघिय सरकारमा योजना माग लगायत विभिन्न बेलडाँडीका समस्या लिएर जाने तयारी समेत रहेको छ ।

यस्तै बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.१ का वडाध्यक्ष गज बहादुर बिष्टका अनुसार जनता संग गरेका बाचा पुरा गर्नका लागि आफ्नो टिम लागि परेको बताए । हामीहरुले प्रदेश सरकार केन्द्र सरकारलाई बेलडाँडीका समस्या समाधान गर्नका लागि बिभिन्न माग लिएर जाने भन्ने छ कहिले जाने एकिन भएको छैन् ।

बेलडाँडीमा नयाँ जनप्रतिनिधी आए पछि बेलडाँडीमा १५ सैयाको अस्पताल निर्माणका लागि ठेक्का आवहान , राष्ट्रिय वाणिज्य बैंक, रेबिज रोग विरुद्धको खोप, छोरी पाए ३ हजार प्रोत्सान जस्ता लगायत धेरै कामहरु गरि सकेको छ । यस्ता राम्रो कामका लागि बेलडाँडीका जनताले धन्यवाद प्रकट गरेका छन् ।

ताजा समाचार