Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेदकोट विपद प्रभावित सार्कीपार्की टोलमा माओवादीको टोली सार्कीपार्की टोलमा चौधर नदीको कटानी...

बेदकोट विपद प्रभावित सार्कीपार्की टोलमा माओवादीको टोली सार्कीपार्की टोलमा चौधर नदीको कटानी नियन्त्रण गर्न पीडितलाई राहत क्षतिपूर्ति दिन सरकारसंग माग

कञ्चनपुर,
चुरे भएर बग्ने कञ्चनपुरको चौधरी नदीले बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोल र १० चतहरीमा कटानी गरिरहेको बुझिन्छ ।
चौधर नदीले सार्कीपार्की टोलमा वितण्डा नै मच्चाएको छ । उक्त विपद् प्रभावित क्षेत्रमा नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटिका पदाधिकारीले स्थलगत अनुगमन गरेका छन । शुक्रबार झरीसंगै नेकपा माओवादी केन्द्र बेदकोटका इन्चार्ज गणेश विक(कुसल), नगर पाटी अध्यक्ष लाल ब. परियार, माओवादी नेतृ हिरा जैसी, नेता ईश्वर सुनार, नगर सचिव दान ब.बम सहितका माओवादी नेता कार्यकर्ताहरुले स्थलगत अनुगमन गर्र्दै सार्कीपार्की टोल, चतहरी टोल सहित चुरे भएर हेडटु टेलसम्म तटबन्धको माग अघि सारेका छन। नेकपा माओवादी केन्द्र बेदकोट नगरका सचिव दान ब. बमले चौधर नदिबाट प्रभावित बेदकोट नगरका विस्थापितलाई राहत क्षतिपूर्ति दिनुपर्ने माओवादी केन्द्रको माग रहेको बताए । यसका साथै चौधर नदी हेड टु टेलसम्म बलियो तटबन्ध निर्माण गरेर उर्बराभूमि र बस्ती जोगाउनका लागि तीनै सरकारसंग माग अघि सारेका छन । नेकपा माओवादी केन्द्र बेदकोटका युवा नेता डिबी धामी(अबिरल)ले चौधर नदी सहित बेदकोट भरीका अन्य सबै नदीखोला नालाको कटानी रोक्नुपर्नेमा जोडदिए । बेदकोटको उर्बराभूमि बर्षनी क्षतिकरण हुँदै जाने र दिर्घकालमा सिङ्गो नगरपालिका विपद्मा पर्ने भएकाले समयमै सरकारी निकाय जागरुक हुनुपर्ने बताए । विपद् पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माओवादी केन्द्र बेदकोट नगरले सरकारसग अपिल गरेको छ । यस अघि पनि स्थानीयले चौधर नदी कटानी क्षेत्र चतहरीमा जैविक तटबन्ध गरेका थिए ।

ताजा समाचार