Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीमंसिर ४ मा चुनाव गर्ने निर्णय स्वागतयोग्य ः संविधान सभा सदस्य बिष्ट

मंसिर ४ मा चुनाव गर्ने निर्णय स्वागतयोग्य ः संविधान सभा सदस्य बिष्ट

बेलडाँडी,
सरकारको मंसिर ४ गते चुनाव गर्ने निर्णयको संविधान सभा सदस्य दिवान सिह बिष्टले स्वागत गरेका छन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णयको बिष्टले स्वागत गर्दै अव छिट्टै जनताले जनताको नेता चुन्ने बताए ।

आज बेलडाँडी पोष्ट संग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य बिष्टले भने “नेपाली कांग्रेस क्षेत्र नं.१ मा बलियो हुदै गएको र केन्द्रमा नेताहरुले गठबन्धन गरे पनि कञ्चनपुरमा कुनै गठवन्धन नगरिने कुरा बताउदै स्थानीय चुनावमा समेत यहाँ गठबन्धन नभएको जानकारी गराए ।”

उनले भने यस क्षेत्र विकासका निमित्त जनताले सबैलाई चिनिसकेकाले जनता नेपाली कांग्रेसको पक्षमा रहेको जानकारी गराए । यस क्षेत्रका जनतालाई कसैले यहाँकी छोरी हुँ, कसैले केहि हुँ भन्दै झुक्याएका हुनाले अव जनता सचेत भइ सकेको जानकारी गराउदै जनमत आफ्नै पक्षमा रहेको जिकिर गरे ।

ताजा समाचार