Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीस्वतन्त्र पाटीका संयोजक लामिछानेले भने– ‘जिवनभर देश लुटेर जेल जानेलाई रोक्ने कि,...

स्वतन्त्र पाटीका संयोजक लामिछानेले भने– ‘जिवनभर देश लुटेर जेल जानेलाई रोक्ने कि, भ्रष्टाचारलाई जेल पठाउनेलाई रोज्ने ?

कञ्चनपुर,
राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्न पाए २४ घण्टा भित्रै बेथितिको भ्वाङ पुर्ने बताउनु भएको छ । आइतबार महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरको जिल्ला भेला सम्बोधन गर्दै आफुले देशको नेतृत्व पाए बेथिति रोक्ने बताउनुभएको हो ।

जताततै जहाँपनि बेथितिले घेरिएको मुलुकलार्ई बेथितिको चुङ्गोलबाट मुक्त गराउने पार्टीको सलकल्प बताउदै संयोजक लामिछानेले आम नागरिकको समान्य आधारभूत समस्या समाधान गर्ने बताए । ‘म जहाँ रहन्छु, अन्याय, बेथिति बिरुद्ध बोलिरहन्छु, ‘उनले भने, ‘नागरिकका समस्या थुप्रै छन, ति समस्या समाधान गर्छु ।’

सिद्धान्त राम्रो भएका दलहरुले जनताको समस्या बारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जिवन परिर्वतन गर्ने बताए । ‘जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने, ‘संयोजक लामिछानेले भने, ‘जनतालाई अब जवाफ होईन समाधान दिन्छौँ ।’

आफुबाट देशलाई बिग्रार्ने काम नहुने दावि गर्दै उनले बेथिति रोक्दै जनताको अवस्था परिर्वतन गर्ने बताए । ‘अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर, हजारौँ युवाका लागि बोलेनन्, ‘उनले भने, ‘हामी सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँछु ।’

लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पाटीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राख्नुभयो । ‘केही नेताले सिङ्गो जिवन देश दोहनमै खर्चिए, ‘उनले भेन, ‘पिण्डखाने उमेरमा केही नेता राष्ट्रपति बनाईदिएहुन्थ्यो, भन्दै हिडेका छन, अब देशविकासको ठेक्का नलिनुहोस,घरमै बसेर गमलामा पानी हाल्नुहोस ।’ आइतबारै पाटी संयोजक लामिछानेले निर्मला पन्तकी आमा दुर्गादेवी पन्तसंग भेटघाट गरेका छन ।

ताजा समाचार