Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीशुक्लाफाँटा निकुञ्जमा बाघको संख्या दोब्बर

शुक्लाफाँटा निकुञ्जमा बाघको संख्या दोब्बर

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर पुगेको छ । विगत एक दशकको अवधिमा बाघको संख्या दोब्बर पुगेको निकुञ्जले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले विश्व बाघ दिवसको अवसमा आयोजित कार्यक्रममा बाघ गणनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।

तथ्याङ्क अनुसार सन ००९ को तुलनामा ०२२ मा पुग्दा बाघको संख्या दोबलले बृद्धि भएको छ । ००९मा ८ मात्रै बाघ थिए । ०१३ मा १७, ०१८मा १६ र ०२२मा दोब्बरले बृद्धि भएका छन । ०२२मा ३६ माघ भेटिएका छन । क्यामेरा ट्यापिङ्ग विधिबाट गणना गरिएको संख्या अनुरुप ३१देखि ४९बाघको संख्या अनुमानित गरिएको छ । जसको औषत ३६ हुन आएको छ । भाले १२ र पोथी १४ को पहिचान भएको छ । पछिल्ला एक दशकको अवधिमा शुक्लाफाँटामा बाघको आहरा समेत बृद्धि भएको छ । सन ००९ मा ८६.२, ०१३ मा ७८.६२, ०१८ मा ६८.०४ र ०२२ मा पुग्दा १४६.२ प्रतिशत प्रतिकिलोमिटर घनत्व बृद्धि भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरले शुक्लाफाँटामा आहरा प्रजातिको बृद्धि, संरक्षणका कामकाज बढेकाले बाघको संख्या बृद्धि भएको बताए । शुक्लाफाँटा लालझाडी जोगबुढा कम्ल्प्याक्समा बाघ गणना गरिएका थिए । निमित्त प्रमुख संरक्षण अधिकृत ऐरका अनुसार मानिसबाट १ हजार ४०६ दिन, हात्तीबाट ५४ दिन लगाएर बाघ गणना गरिएको थियो, भने बाघको आहाराका लागि ५१७ दिन खर्च भएको थियो । २ सय ५५ ग्रिटमा २ सय ५१ ग्रिटमा बाघ क्यामेरामा देखिएका थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशीले निकुञ्जको चौधर नदी क्षेत्रमा बढि बाघ देखिएको बताए । चुरे र लालझाडीमा १/१बाघ भेटिएका छन । उनले बाघको संख्यामा बृद्धिभएसंगै संरक्षणमा चुनौती थपिएकाले त्यसका लागि योजना ल्याउनुपर्ने बताए । सन ०२२का लागि गत माघमा बाघ गणना गरिएको थियो । बाघको फोटो खिच्नका लागि स्वचालिक क्यामेराबाट २ किलोमिटर लम्बाई र २ किलोमिटर २ सय ६० ग्रिट विभाजन गरिएको थियो । शुक्लाफाँटा निकुञ्जको चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी, हिरापुर, डिभिजन वन कार्यालय कञ्चनपुर अन्र्तरत तिलकेनी, बेदकोट, दोम्मिल्ला, डाँगाजाई र डडेल्धुरा अन्र्तरगत आलिताल, नाउला र चिरकोटम गरि ११ स्थानमा क्याम्प राखिएका थिए ।

अन्तिम पटक तीन साता अर्थात २१ दिनसम्म बाघ गणना गरिएके थियो । ११ क्याम्प मध्ये निकुञ्ज भित्र ९५ ग्रिटमा १९० क्यामेरा, लालझाडी–ब्रम्हदेब क्याम्पमा १ सय ७ ग्रिटमा २ सय १४ र डिभिजन वन कार्यालय डडेल्धुरा जोगबुढामा ५८ ग्रिटमा १ सय १६ क्यामेरा जडान भएका थिए ।

बाघ सर्वेक्षणका लागि कुल ५ सय २० क्यामेरा, ७० जना प्राविधिक ५ हात्ती परिचालन स्वचालित क्यामेरा, सन्टो कम्पास, रेन्जर, फाईण्डर र जिपिएस उपकरण रेकर्ड गरिएको थियो । सरकारले सन ०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य अनुरुप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर हुने लक्ष्य राखिएको प्रक्षेपण गरिएको थियो ।

०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाँटा ०३२ मा वन्यजन्तु आरक्ष र ०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो । शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । शुक्लाफाँटामा बाघको सख्या दोब्बर भएसंगै संरक्षकर्मी हर्षित भएका छन । हिमालय उपभोक्ता समितिका अध्यक्ष पदम सिहले बाघ संरक्षणका लागि सरकार समुदाय जुट्नुपर्ने बताए ।

ताजा समाचार