Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा सहकारीको बैद्य मलखाद प्रहरीको नियन्त्रणमा, जनप्रतिनिधिको अनुरोधमा हामीले पक्राउ हैन राखिदिएका...

बेलडाँडीमा सहकारीको बैद्य मलखाद प्रहरीको नियन्त्रणमा, जनप्रतिनिधिको अनुरोधमा हामीले पक्राउ हैन राखिदिएका हाैं : बेलडाँडी प्रहरी इन्चार्ज पातली

बेलडाँडी,
किसानलाई खेतीपातीका बेला नेपालमा मल हाहाकार हुन्छ । सरकारले समयमै मलखाद उपलब्ध नगराएपछि केही किसानले भारतबाट बाध्य भएर मलखाद ल्याउने गरेका छन ।

केही व्यवसायीले किसानका नाममा भातरबाट मलखाद तस्करी गर्दै आएका छन । तर, विडम्बना तीनदिनदेखि किसानको खेतमा छर्नुपर्ने सहकारीको वैद्य मलखाद प्रहरीको नियन्त्रणमा छ । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाले किसानलाई बेचेको मलखाद प्रहरीले नियन्त्रणमा छ ।
गत बिहीबार बेलडाँडी महिला साना किसान कृषि सहकारीले बेचेको मलखाद ईलाका प्रहरी कार्यालय बेलडाँडीको नियन्त्रणमा छ । बिहीबारदेखि बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाले बेचेका पाँच बोरा मलखाद प्रहरीको नियन्त्रणमा छन ।

महिला साना किसान कृषि सहकारी संस्थाले बेदकोट नगरपालिका ५ पोल्खरीका किसान सोमराज बोहरा र रविन्द्र धानुकले खरिद गरेर लगेको मलखाद प्रहरीले नियन्त्रणमा लिएको उनीहरुले बताएका छन । नेपाली बैद्य मल सहकारीबाट खरिद गरेर लग्दै छौँ भन्दाभन्दै प्रहरीले बेलडाँडीका एक जनप्रतिनिधीको उस्काहटमा परेर नियन्त्रणमा लिएको उनीहरुले बताएका छन ।

रविन्द्र धानुकले आफुहरुले सहकारीमा बेलडाँडीकै स्थानीय भनेर खरिद गरेर लगेको मलखाद जनप्रतिनिधिको अनुरोधमा प्रहरीले नियन्त्रणमा लिएको बताए । ‘बेलडाँडीका जनप्रतिनिधीले तपाईसंग कुनै विषय होईन सहकारीसंग हो भन्दै जबरजस्ती प्रहरी बोलाएर घरखेतका लागि लग्न लागेको मल प्रहरीलाई पक्राउ गरायो, ‘उनले भने, ‘हामीले बेदकोट नगरपालिकामा मल नपाएपछि उक्त सहकारीबाट खरिद गरेर लगेका थियौँ, तर विचमै प्रहरीले लग्न दिएन ।’ यसरी वैद्य मलखाद खरिद गरेर लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएर किसानमाथि घात गरेको उनीहरुले गुनासो पोखेका छन ।

उक्त घटनाको किसान संघ संगठनका नेताहरुले भत्र्सना प्रकट गरेका छन । किसान नेता सिरोमणी ओझाले एकातिर सरकारले समयमै किसानलाई मलखाद उपलब्ध गराउन नसक्ने अर्कातिर बैद्य मल बरामद गर्ने तर, अवैध तस्करीको मल छुट दिने प्रवृति आपत्तीजनक भएको बताए । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला जोशी रेग्मीले भैरवाहबाट खरिद गरेर ४सय २०बोरा मल ल्याएको बताईन । ‘सरकारले किसानका लागि मलखादको आपूर्ति नगर्न नसकिरहेका बेला हामीले खरिद गरेर बिक्रि वितरण गरिरहेका थियौँ, ‘उनले भनिन, ‘मल बिक्रि गरिएका बेला बेदकोटका दुई किसानले हामीलाई बेलडाँडीकै स्थानीय भनेर झुक्याएर मल लगेछन,तर पनि केही छैन, बेलडाँडीका किसानलाई मल दिन छाडेर हामीले बाहिर जानीजानी पनि बेचेका थिएनौँ, तर प्रहरीले नियन्त्रणमा लिएर ईप्रकामा थन्कएको छ ।’ किसानका लागि यो भन्दा ठुलो घात के हुनुसक्छ भन्दै अध्यक्ष कमलाले प्रहरीलाई प्रश्न गरिन ।

ईप्रका बेलडाँडीका प्रहरी इन्चार्ज दिपक पातलीले प्रहरीले उक्त सहकारीको मल बरामद नगरेको बताउदै जनप्रतिनिधीले नै नियन्त्रणमा लिएर ईप्रकामा राखिदिएको बताए । प्रहरीले बैद्य मल बरामद नियन्त्रण लिने नलिने बताउदै उनले बेलडाँडीकै जनप्रतिनिधीले सहकारीले गाँउबाट बाहिर मल बेचेको भन्दै नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा पु¥याएको बताए ।

बेलडाँडी गाँउपालिका उपाध्यक्ष तथा मलखाद अापुर्ति समितिकी संयोजक शान्ति नाथले सहकारीले स्थानीय किसानलाई बेच्न छाडेर दैजीका किसानलाई मलखाद बेचेपछि स्पष्टीकरण सोधिएको बताईन । ‘गाँउपालिकाले स्थानीय किसानलार्ई मलखाद बिक्रिका लागि अनुमती दिएका हौँ, ‘उपाध्यक्ष नाथले भनिन, ‘तर बाहिरका किसानलाई बेचेपछि लिखित स्पष्टीकरण मागेका छौँ ।’

सहकारीले गोदाममा थुप्रै मल भएकाले स्थानीयसंग मल भएकै कारण खरिद गर्न खासै नआउने गरेको जनाएको छ । सहकारीको बैद्य मल प्रहरीको नियन्त्रणमा भएपछि किसानले समेत उक्त घटनाको भत्र्सना गरेका छन । सहकारीले बाहिर बेच्न नहुने र प्रहरी, जनप्रतिनिधीले समेत बैद्य मलपनि नियन्त्रणमा लिएर किसानलाई मल अभाव हुन नदिनुपर्ने बताईरहेका छन । 

ताजा समाचार