Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीझर्नाखोलामा झोलुङ्गेपुल निर्माण, बेलौरी–बेलडाँडीका स्थानीयलाई आवत जावतमा सुुविधा

झर्नाखोलामा झोलुङ्गेपुल निर्माण, बेलौरी–बेलडाँडीका स्थानीयलाई आवत जावतमा सुुविधा

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको झर्नाखोलामा झोलुङ्गेपुल निर्माण भएको छ । बेलडाँडी गाँउपालिका १ सिद्धचोक र बेलौरी नगरपालिका ९रतनपुर गाँउ जोड्ने झर्नाखोलामा झोलृुङ्गेपुल निर्माण भएको हो ।

नेपाल राष्ट्रिय राष्ट्रिय विकास समाज(एनएनडिएस) र बेलडाँडी गाँउपालिका लगानीमा पुल निर्माण गरिएको छ ।
दुईं पालिकाका स्थानीयको समस्यालाई मध्य नजर गर्दै नेपाल राष्ट्रिय राष्ट्रिय विकास समाज(एनएनडिएस) र बेलडाँडी गाँउपालिकाले अधिल्लो आर्थिक बर्षदेखि निर्माण शुरु गरेका थिए ।

गत आर्थिक बर्ष २०७८/०७९ मा पुल निर्माण भएको छ । नेपाल राष्ट्रिय राष्ट्रिय विकास समाज(एनएनडिएस)का प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयको माग र समस्या अनुरुप पुल निर्माण गरिएको बताए ।

एनएनडिएसका प्रबन्ध निर्देशक भट्टले पुल निर्माणका लागि हेल्भटासको आर्थिक सहयोग र गाँउपालिका लगानीमा पुल निर्माण गरिएको बताए ।

एनएनडिएसका प्रबन्ध निर्देशक भट्टले ३२मिटर लम्बाई डेढ मिटर चौडाईको पुल निर्माण गरिएको बताए । पुर्वपश्चिम हुलाकी राजमार्गसंगै जोडिएको ड्रस्टपुल अर्थात समान्य भाषामा झोलुङ्गेपुल निर्माण गरिएको हो ।

बेलडाँडी गाँउपालिकामा ड्रस्टपुल अर्थात झोलुङ्गेपुल यो पहिलो पुल निर्माण भएको छ । झण्डै ३१लाख लागत बराबरामा पुल निर्माण गरिएको छ । गाँउपालिका तर्फबाट ४ लाख , श्रमदान ६२ हजार र बाँकी २६लाख ३६ हजार संस्थाबाट लगानी गरिएको छ । स्थानीयले पुल निर्माण भएपछि दैनिक कामकाजका साथै आवत जावतमा सहज भएको बताएका छन । बेलडाँडी गाँउपालिका १का वडा सदस्य श्याम बहादुर रावलले पुल निर्माणसंगै स्थानीयलाई यात्रा गर्नसहज भएको बताए ।

वडा सदस्य रावलले झर्नाखोलामा पुल निर्माणसंगै तटबन्ध निर्माणका लागि समेत बजेट व्यवस्थापन गरिदिन आब्हान गरेका छन । नेपाल राष्ट्रिय राष्ट्रिय विकास समाज(एनएनडिएस)ले यसका साथै एनएनडिएसले बेलडाँडीको दोकट्टा र ईमलियामा पनि पुल निर्माण हुनेछ ।

ताजा समाचार