Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीचितुवाका तस्कर प्रहरीको फन्दामा बन्यजन्तु मारेर गैर कानुनी धन्दाबाट लाखौँ कमाउने तस्करको...

चितुवाका तस्कर प्रहरीको फन्दामा बन्यजन्तु मारेर गैर कानुनी धन्दाबाट लाखौँ कमाउने तस्करको सपना चकनाचुर

कञ्चनपुर,
कञ्चनपुरको देखतभूली गाँउबाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन । गयराती प्रहरीको टोलीले कृष्णपुर नगरपालिका ३ देखतभूली निरन्जन मल्लको धानबारीमा लुकाई रहेको अवस्थामा चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले विशेष सुचनाका आधारमा ईप्रका झलारीका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहको नेतृत्वमा ईप्रका झलारी सहित, सुदूरपश्चिम प्रदेश कार्यालय, र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चितुवाको छाला बरामद गरेको बताए ।
चितुवाका दुई छाला बरामदकासाथै उक्त गैर कानुनी काममा संलग्न भएका एक महिला सहित दुई जनालाई पक्राउ गरिएको छ । प्रहरी प्रवक्ता शाहले ८ फिट ४ इन्र्च लम्बाई, ३ फिट चौडाई र ७ फिट २ इन्च लम्बार्ई र २ फिट चौडाईका दुई थान छाला बरामद गरिएको बताए ।
चितुवाको छाला तस्करीमा डडेल्धुरा अमगढी नगरपालिका काँडेकी ४० बर्षिया मालती मल्ल(सेट्टी) र सोही गाँउका २९ बर्षिया मोहन सार्की पक्राउ गरेका छन । मालती मल्ल आफ्नो माईती घर देखतभुतली बस्दै आएका छिन ।
डडेल्धुराबाट कञ्चनपुर हुँदै भारत तस्करीका लागि ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले मुख्य तस्करसम्म पुग्नका लागि थप अनुसन्धान भईरहेको जनाएको छ । गैर कानुनी कामबाट नाजाय फाईदा उठाउने प्रपञ्च रचेर बन्यजन्तु मार्दै तस्करी गर्ने बन्यजन्तु तस्कर समुहको सपना प्रहरीले चनाचुर बनाईदिएको छ ।
‘यसको गिरोह ठुलो हुन्छ, ‘प्रवक्ता शाहले भने, ‘त्यहाँसम्म पुग्नका लागि हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले चितुवाको छाला सहित पक्राउ परेका दुवैलाई डिभिजन वनमा बुझाउने छ । ६ बर्ष अघि तत्तकालिन आरआईटी सुदूरपश्चिमको नेतृत्व गरेका प्रहरी नायब निरीक्षक (हाल, प्रहरी निरीक्षक)बिरेन्द्र जोहारी नेतृत्वमा बन्यजन्तुका तस्कर तह लगाएका थिए । प्रहरीले कञ्चनपुरमा बर्षौँपछि बन्यजन्तुका तस्करमाथि एक्सन गरेको छ ।
उनीहरुलाई वन्यजन्तु संरक्षण ऐन अन्र्तरगत कार्बाही हुनेछ । खुलेयाम तस्कर समुहले बन्यजन्तुको शिकार गर्दा समेत कैलाली कञ्चनपुरमा वन संरक्षणमा जुटेका सरकारी गैर सरकारी कार्यालय निकायमाथि चुनौती थपिएको छ ।

ताजा समाचार