Wednesday, August 10, 2022
गृहपृष्ठकला साहित्यएसएसपी दिल्लीराज विष्टलाई अञ्चल प्रहरी कार्यालय नेपालगन्ज प्रमुखको जिम्मेबारी

एसएसपी दिल्लीराज विष्टलाई अञ्चल प्रहरी कार्यालय नेपालगन्ज प्रमुखको जिम्मेबारी

कञ्चनपुर,
बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टको अञ्चल प्रहरी कार्यालय नेपालगन्जको प्रहरी प्रमुखको जिम्मेबारी पाईएको छ । हालै एसएसपीमा बढुवा भएका विष्टको नेपाल प्रहरी प्रदेश कार्यालय(संघीय प्रहरी इकाई कार्यालय) अञ्चल प्रहरी कार्यालय नेपालगन्जको प्रमुखको जिम्मेबारी दिएको दिईएको हो ।
पहिले अञ्चल प्रहरी कार्यालय भनिन्थ्यो, त्यसपछि संघीय प्रहरी इकाई कार्यालय भनिन्थ्यो, अहिले त्यसलाई नेपाल प्रहरी प्रदेश कार्यालय भनिदै आएको छ । बढुवा भएसंगै एसएसपी विष्टको नेपालगन्ज संघीय प्रहरी इकाई कार्यालयमा पदस्थापना भएको हो । ०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट ०७२ सालमा एसपी र ०७९ सालमा एसएसपीमा बढुवा भएका थिए। बढुवाको प्रतिस्पर्धामा रहेका एसपीहरु २०५३ सालमा र २०५४ सालमा सेवा प्रवेश गरको र २०७४ सालमा एसपीमा वढुवा भएका हुन्।

इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन् । एसएसपी विष्ट इन्सेपक्टर र डिएसपी हुदा सबैभन्दा चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरि विभिन्न क्षेत्रबाट पुरस्कृत समेत भएका विष्ट देशमा विभिन्न समयमा आएको अशान्ती, आन्दोलन, जनयुद्धका बेला चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका थिए ।

एसएसपी विष्ट जिल्ला प्रहरी कार्यालय रुकुमको च।न। १०८ तथा ०५५ साल श्रावण ५ मा २ ग्रेड थप हुनुभएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय डोल्पाको च।न। १५८० बाट ०५७ साल श्रावण १ गते १ ग्रेड थप तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको च।न। २०४५ को ०६२ साल असोज ३१ गते नगद सहित पुरस्कृत हुनुभएको थियो ।

१६ औँ संविधान दिवस मूल समिति महेन्द्रनगरद्वारा ०६२ साल कार्तिक २३ गते नगद पुरस्कार सहित कदर पत्र प्रदान गरिएको थियो । जिल्ला प्रहरी कायाल्य बर्दियामा २०६३ साल जेठ ३ गते, क्षेत्रीय प्रहरी कार्यालय दिपायल बाट ०६४ साल असार ११ गते र ०६७ साल असार ९ गते नगद सहित सम्मानित भएका थिए ।
यस्तै Nepal IPU CAP HAITIAN HAITI 27 oct 2011 तथा THE MINUSTAH REGIONAL OFFICE CAP HAITIEN HAITI बाट 27 OCT 2011 मा नगद तथा प्रशंसा पत्र सहित सम्मानित हुनुभएको थियो । यसैगरी २०६८ साल फागुन १४ गते देखि २१ गतेसम्म कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालन भएको छैटौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट ढंगले शान्ति सुरक्षा कायम गरे वाफत राष्ट्रिय खेलकुद समितिबाट प्रंशसा पत्र सहित सम्मानित हुनुभएको थियो ।

यस्तै Nepal IPU CAP HAITIAN HAITI 27 oct 2011 तथा THE MINUSTAH REGIONAL OFFICE CAP HAITIEN HAITI बाट 27 OCT 2011 मा नगद तथा प्रशंसा पत्र सहित सम्मानित हुनुभएको थियो । यसैगरी २०६८ साल फागुन १४ गते देखि २१ गतेसम्म कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालन भएको छैटौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट ढंगले शान्ति सुरक्षा कायम गरे वाफत राष्ट्रिय खेलकुद समितिबाट प्रंशसा पत्र सहित सम्मानित हुनुभएको थियो ।

 

क्षेत्रीय प्रहरी कार्यालय दिपायलको ०६९ साल असोज २५ गतेको पत्रले कार्यालयको कार्यसम्पादनमा उत्कृष्ट कार्य गरेवापत नगद पुरस्कार सहित सम्मानित हुनुका साथै सोहि कार्यालयमा ०६९ मा कार्यालय व्यवस्थापनमा उत्कृष्ट कार्य गरे वापत कदर पत्र सहित सम्मानित हुनुभएको थियो ।

द।नि।प्र। गण महेन्द्रनगरको ०७० साल श्रावण ६ गतेका पत्रले कार्यालयमा कार्यसम्पादन उत्कृष्ट कार्य गरे वापत तथा द।नि।प्र।गण महेन्द्रनगरको ०७१ साल असोज ३१ गतेको पत्रले कार्यालयको कार्यसम्पादनमा उत्कृष्ट कार्य गरे वाफत नगद सहित सम्मानित हुनुभएको हो ।

यसैगरी प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरी केन्द्रिय खेलकुद समितिको आयोजनामा सु।प। धनगढीमा सञ्चालन भएको ३८ औँ आईजीपी रनिङ शिल्ड प्रतियोगितामा पु¥याएको योगदानको कदर स्वरुप ०७१ साल पौष ११ गते समेत प्रसंसा पत्र प्रदान गरिएको थियो । यसैगरी सेवा पदकरगद्धी आरोहण रजक पदक, दैविक प्रकोप उद्धार पदक, दुर्गम सेवा पदक तथा युएन पदक समेत एसपी विष्टले प्राप्त गरिसक्नुभएको छ । उनको बढुवासंगै अहिलेसम्म पनि बधाईको ओईरो नै छ

ताजा समाचार