बेलडाँडी,
नेकपा माअाेवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ कञ्चनपुर अध्यक्षमा सागर बहादुर शाही निर्विरोध चयन भएका छन् ।

त्यसै गरि उपाध्यक्षमा अर्जुन तिरूवा, सचिवमा सुरेन्द्र बिक्रम शाह, कोषाध्यक्षमा करन पुरी लगायत ५४ सदस्यीय नयाँ जिल्ला कमिटी गठन भएको सचिव शाहले जानकारी गराउनु भयो ।
उहाँका अनुसार अखिल नेपाल खेलकुद महासंघ कञ्चनपुरको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख अातिथ्यमा, अखिल नेपाल जिल्ल संयोजक सम्भु बस्नेतको सभापतित्त्वमा अखिल नेपाल खेलकुद माहासघका केन्द्रिय सदस्य बिस्नु जैशीको उपस्थिती मा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी निर्विरोध गठन गरियको जनाए ।
यो समितिले खेलकुदका बिषयहरू उजागर गर्दै ग्रामीणी भेगमा लुकेर रहेका खेलाडीलाई प्राथमिकताका साथ प्रवर्द्धनमा जोड दिने जनाईएको छ ।
