Monday, August 8, 2022
गृहपृष्ठआर्थिकघुस काण्डको जन्जालमा झाँगिएको विद्युत प्राधिकरण

घुस काण्डको जन्जालमा झाँगिएको विद्युत प्राधिकरण

कञ्चनपुर,
नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका सेवाग्राही ग्राहकले विद्युत कार्यालय र कर्मचारीप्रति गुनासै गुनासो पोखेका छन ।
प्रचण्ड गर्मीका बेला अनियमित विद्युत सेवा अबरुद्ध गर्नेदेखि विद्युतको नियमित काममा समेत घुस लिएरमात्रै सेवा प्रवाह गरिरहेको गुनासो पोखिरहेका छन ।

विद्युतका पोल जडान, व्यवसायी स्थानमा ट्रान्सफर जडान, घरसायी मिटर जडानका कामकाजमा विद्युतका कर्मचारीले घुस लिएर मात्रै सेवा प्रवाह गरिरहेको गुनासो पोखेका छन । घुसबिना कुनैपनि काम नगर्ने गरेको गुनासो पोखेका छन ।

नियमित विद्युत सेवामा समेत चरम लार्पबाही गर्दै आएका छन । महेन्द्रनगरका विद्युत सेवाका ग्राहक रामु पन्तले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरमा चरम लापर्बाही, घुकाण्डदेखि नियमित सेवा प्रवाहमा गन्जागोल भईरहेको बताए ।

‘लामो समयदेखि यो प्रचण्ड गर्मीका विच सेवाग्राही लाईनमा घण्टौँ लाग्छन, ‘उनले भने, ‘सेवाग्राहीका लागि विद्युत महसुल बुझाउने उचित स्थान मात्र होईन प्रचण्ड गर्मीका विच खानेपानीको प्रबन्धसमेत गरेको छैन, शौचालय समेत गरेको छैन ।’

जिल्ला खुलादिशामुक्त घोषणा भएको बषौँ वितिसक्दा पनि विद्युत कार्यालय सेवाग्राहीबाट समयमै रकम अशुल्ने तर, समान्य आधारभूत सेवा प्रवाह नगरेको उनको गुनासो छ । अर्का सेवाग्राही गगन जोशीले महसुल बुझाउन आउँदा युद्ध नै जितेजस्तो हुने गरेको बताउँछन ।

‘एक पटक कुम्पन लिन आउँनुपर्छ, ‘उनले भने, ‘त्यसपछि लामो समय लाईनमा बस्नुपर्ने बाध्यता छ, त्यतिबेला न पानी खान पाईन्छ, न दिशा पिसाबका लागि शौचालय छ, बाहिर जाँदा नम्बर नै कोल्याप्स हुन्छ ।’ कार्यालय प्रमुखदेखि अन्य कर्मचारी गैर जिम्मेबारी हुँदा सेवाग्राही मारमा पर्दै आएको उनले बताए ।

बेदकोटका विद्युतका सेवाग्राही मणीराज ओझाले विद्युतका कर्मचारी कमिसनमा लिप्त हुने, एक ठाँउमा मर्मतका लागि जान्छु भन्दै उतै लामो समय विताउने, विद्युत अवरुद्ध हुँदा जानकारी लिनका लागि टेलिफोन गर्दा समेत नउठाने उठाएपनि नबोल्ने, बोलेपनि हप्काएर जवाफ दिने गरेको बताए ।

विद्युत ट्रान्समिटर मागदेखि घरयासी विद्युत मिटर जडानमा विद्युतका कर्मचारीमा अतिरिक्त शुल्क माग्नेदेखि शिघ्र सेवा दिने भन्दै सेवाग्राहीबाट घुस लिईरहेको गुनासो पोखेका छन ।

बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीयले विद्युत प्राधिकरणसंग ट्रान्समिटर माग गरेको महिनौँ वितिसक्दा पनि विद्युत ट्रान्समिटर जडान नभएकाले सेवाग्राही मारमा परेको दिर्घ ब. शाहले बताए । कार्यालय स्रोतका अनुसार कार्यालय प्रमुख र कर्मचारी समन्वय नहुँदा विद्युतसेवामा भाँडभैलो मच्चिएको छ ।

विद्युतका कर्मचारीले सेवाग्राहीबाट अतिरिक्त रकम (घुस अशुल्ने गरेको गुनासो प्रमाणित हुने गरि विगतका कर्मचारी गैर कानुनी कामदेखि घुसकाण्डमा मुछिएका थुप्रै उदाहरणछन ।कोरोना महामारीका बेला पुनर्वासका करारका कर्मचारी तस्करी र लालझाडीका करारका कर्मचारी काठ तस्करीमा पक्राउ परेका थिए ।

यस्तै पुर्नवास विद्युत फ्यूजसेवाका प्रमुख चित्र बहादुर जोशीले विद्युत मिटरमा घुस लिएरपनि नदिएको भन्दै गत जेठमा सेवाग्राहीले कार्यकक्षमै कुटपिट गरेका थिए । यस अघि विद्युत सेवा गड्डाचौकीका हर्क बहादुर चन्दलाई चार बर्ष अघि अख्तियारले नगद ५ हजार सहित पक्राउ गरेकोथियो ।

यसरी विद्युतमा हुने काण्डैकाण्डबाट प्रष्ट हुन्छकी विद्युतका कर्मचारीले बदमासी र सरकारले दिएको कर्तव्य बिरुद्ध आफै उत्रिएका छन ।

नेपाल विद्युत प्राधिकरण महेन्द्रंनगरका प्रमुख मनोज कुमार शर्माले सेवाग्राहीले अनेकन गुनासो सबै जायज नभएको केही मात्र भएको बताए । कुनै कर्मचारीले सेवाग्राहीबाट अतिरिक्त रकम लिएर विद्युत मिटर र ट्रान्समिटर जडान गरेको पाईए कार्बाही गर्ने चेतावनी दिए ।

अनी ठुला योजनामा कमिसनको खेल हुने विषयमा उनले सबै टेण्डर मार्फत हुने भएकाले कहाँ कमिसनको खेल हुन्छ, त्यो झुटा विषय मात्रै भएको बताए । विद्युतको अनियमित सेवा, कर्मचारी खटनपटमा समस्या र वेवास्ता नभएको उनको दावि छ ।
‘सेवाग्राहीका लागि खानेपानीको प्रबन्ध गरिएको छ, ‘उनले भने, ‘कसैले पानी नराखेको देखेको होला ।’ लोड बढि भएकाले र कुनै सेवाग्राहीले फोन गरेर सिधै गाली गर्दा समस्या भएकाले बताउदै उनले सेवाग्राहीबाट आएका गुनासो सम्बोधन गर्दै विद्युत नियमित र प्रभावकारी सेवा दिने दावि गरेका छन ।

कर्मचारी र तपाईविच समन्वय नभएको विषयमा उनले सो विषय हुनै नसक्ने भन्दै समन्वयमै सेवा प्रवाह भईरहेको दावि गरेका छन ।

ताजा समाचार