Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबिषालु सर्पको टोकाइबाट बेलडाँडीकी एक महिलाको मृत्यु

बिषालु सर्पको टोकाइबाट बेलडाँडीकी एक महिलाको मृत्यु

बेलडाँडी,
बेलडाँडीमा बिषालु सर्पको टोकाइबाट एक जना महिलाको मृत्यु भएको छ ।
बेलडाँडी गाउँपालिका वडा नं. २ बस्ने ६३ वर्षीया कमलादेवी महर बिष्टको सर्पदंशबाट मृत्यु भएको उनका पारिवारले जनाएका छन् । गए राती करिब २ बजेको समयमा सुतेकै बिस्तरमा सर्पले घाटीमा टोकेको मृतकका जेठा छोरा गणेश महर बिष्टले जानकारी गराए ।
उनले भने ” के ले टोक्यो भन्ने एकिन हुन नसक्दा स्वास्थ केन्द्र जादा ढिला भएको र बेलडाँडी स्वास्थ्य केन्द्रले धनगढी रिफर गरेको र सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा अामाले सास छोडेको बताए ।”

डक्टरले केही छिनमै अामालाई बचाउन नसक्ने भन्दै मृत घोषणा गरिदिए पछि पारिवारिक भेटघाटका लागि घर ल्याएको जनाए ।
केही छिनमा उहाँको भुजेला घाटमा अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

ताजा समाचार