Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीनरकीय जिवन विताईरहेका आरक्षपीडितको हितमा काम गर्न माओवादी नेता नवराजको सुझाव

नरकीय जिवन विताईरहेका आरक्षपीडितको हितमा काम गर्न माओवादी नेता नवराजको सुझाव

बेलडाँडी,
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता नवराज ऐरले नरकिय जिवन विताईरहेका आरपीडितको न्यायिक पुर्नस्थापना गर्नुपर्नेमा माग अघि सारेका छन ।

सरकारले आफ्ना कार्यकर्ता व्यवस्थापनका लागि हरेक पटक आयोग गठन गर्ने ति आयोग मोटाउने तर, पीडितको अवस्था जस्ताको तेस्तै रहने भएकाले न्यायिक पुर्नस्थापनामा जोडदिएका छन । सरकारले पुन काँग्रेस नेता दल ब. बोहरा नेतृत्वमा मुआब्जा निर्धारणका लागि आयोग गठन गरेसंगै माओवादी युवा नेता ऐरले पीडितको हितमा काम गर्ने आयोगलाई सुझाव दिएका छन ।

झण्डै २१ बर्ष अगाडि २०५८ सालमा तत्कालीन देउवा सरकारले अमानविय ढंगले शुक्लाफाटा आरक्षको नाममा बिना व्यवस्थापन हजारौं दाजुभाइ , दिदिबहिनीहरुलाई तारापुर र भत्पुरी९तत्कालीन पिपलाडि गाविस र हाल शुक्लाफाटा नगरपालिका क्षेत्र० क्षेत्रबाट घरबार बिहिन बनाएर लखेट्यो ।

हालसम्म उहाँहरु बिभिन्न जंगल छेउमा नारकिय जिबन व्यतीत गरिराख्नुभएको छ भने उहाहरुका सन्नततिहरुले समेत स्थानीय सरकार देखि संघिय सरकारबाट पाउने आरभुत सेवाबाट बन्चित भइराखेकै छन् ।

यो समस्याबाट सायद कुनैपनि दलहरु र सरकार बेखबर छैनन् तर पटकपटक उहाहरुमाथि भोटको राजनीति बाहेक समस्या सामाधानबारे गम्भीर भएका छैनन् । समस्या समाधानका नाममा झण्डै ३ दर्जनजति आयोग समेत बने तर बनेका आयोगले समस्या समाधान गर्नुको साटो सम्बन्धित दलको ताबेदारी गर्ने र सेवासुविधामुखि मात्रै हुने काम बाहेक कुनै झारा टार्ने काम गरेन ।

यसपटक पनि गठबन्धन सरकारले चुनाबको पुर्वसन्ध्यामा काङ्ग्रेस नेता दल ब बोहराको नेतृत्वमा आरक्ष पिडित समस्या सामाधान समिति चयन गरेको छ १ यो पटक भोटको लागि मात्रै होइन उहाहरुपनि हामिसरह आम राज्यका नागरिक हुन भन्ने कुराको बोध गर्दै समस्या समाधान गरोस् १ समितिलाई हार्दिक बधाई र शुभकामना ।

ताजा समाचार