Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीको सिहपाल आधारभूत विद्यालयको प्रअमा साउद

बेलडाँडीको सिहपाल आधारभूत विद्यालयको प्रअमा साउद

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ चन्दनबस्तीमा रहेको सिहपाल आधारभूत विद्यालयको प्रधानाध्यापकमा शिक्षक केशव सिह साउद नियुक्त भएका छन । विद्यालय व्यवस्थापन समितिले शिक्षा ऐन अनुरुप शिक्षक साउदलाई प्रधानाध्यापकको जिम्मेबारी दिएको हो ।
रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख समेत रहेका साउदलाई प्रअको जिम्मेबारी पाईएको छ ।
कञ्चनपुरदेखि काठमाण्ठौँसम्म विभिन्न क्याम्पस तथा विद्यालयमा शिक्षण गरेका साउद झण्डै तीन दशकदेखि शिक्षण पेशामा छन । प्रअमा नियुक्त भएका शिक्षक साउदले विद्यालयको शैक्षिक एव भौतिक गुणस्तर बृद्धिका लागि आफुले काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
विद्यालयमा एक कार्यक्रमका विच साउदलाई निर्वतमान प्रअ मदन राज उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र थापा सहितका शिक्षक, अभिभावक एव विद्यार्थीले स्वागत गरेका छन ।

ताजा समाचार