Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीसुदूरपश्चिमका बाल विकासका शिक्षकलाई टिपिडी तालिम

सुदूरपश्चिमका बाल विकासका शिक्षकलाई टिपिडी तालिम

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशका बाल विकासका शिक्षकलाई टिपिडी तालिम दिईएको छ । शिक्षा तालिम केन्द्र दिपायल डोटीको योजना एव उप केन्द्र कञ्चनपुरको हलमा सुदूरपश्चिम प्रदेशका बाल विकासका शिक्षकलाई टिपिडी तालिम दिईएको हो ।
शिक्षा तालिम उपकेन्द्र कञ्चनपुरका प्रशासन सहायक मदनराज जोशीले सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षकको क्षमता अभिबृद्धिका लागि पेशागत विकास तालिम दिईएको बताए । तालिम उपकेन्द्रका प्रशासन सहायक जोशीका अनुसार प्रदेशका विभिन्न सामुदायिक विद्यालयका कार्यरत बाल विकासका शिक्षिकालाई पेशागत क्षमता अभिबृद्धि गर्दै शैक्षिक गुणस्तर बृद्धिका लागि तालिम दिईएको बताए ।
रोष्टर प्रशिक्षक हरिराज विष्ट, गंगादत्त भट्ट, सहित शिक्षक ललित सिह साउद, ओम प्रकास जोशी, बासुदेव भट्टले प्रशिक्षण गरेका थिए । २१ असारमा शुरु भएको तालिम ३०असारमा सम्पन्न भएको छ । तालिममा सहभागि बाल विकासका शिक्षिकाले तालिम प्रभावकारी भएको र भावि दिनहरुमा समेत थप तहगत तालिम दिनुपर्नेमा जोडदिएका छन । शिक्षा तालिम केन्द्र दिपायल डोटीका प्रमुख दुर्गादत्त विष्टले बाल विकास सहितका शिक्षकको क्षमता अभिबृद्धि गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि बेला बेलामा शिक्षकहरुलाई तालिम दिदै आएको बताए । बालबालिकाको शैक्षिक यात्रा बालविकास बाटै शुरुवात हुने र बाल्याअवस्थामै बालबालिकालाई सिकाईप्रति अभिप्रेरित गराउन शिक्षकको भूमिका हुने भएकाले बाल विकासका शिक्षकको क्षमता अभिबृद्धि मुलक तालिम लिईएको बताए । सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्दै विद्यार्थीको आकर्षण बढाउनुका साथै राज्यले सामुदायिक विद्यालयमा लगाएको लगानी सदुपयोग गर्नुपर्नेमा तालिम केन्द्र प्रमुख विष्टको भनाई छ । तालिम केन्द्र प्रमुख विष्टले तालिममा सिकेका विषयबस्तु फिल्डमा कार्यान्वयन गर्दै आफु कार्यरत विद्यालयमा कार्यान्वयन गर्न निर्देशन समेत दिनुभयो । उक्त तालिममा सुप प्रदेशका विभिन्न जिल्लाका २५ बाल विकासका शिक्षिकाको सहभागिता रहेको थियो ।

ताजा समाचार