Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीझोलुङ्गे प्रहरी र तस्कर समुहविच लफडा ! तस्कर समुहले भने, ‘हामीलाई...

झोलुङ्गे प्रहरी र तस्कर समुहविच लफडा ! तस्कर समुहले भने, ‘हामीलाई तस्करी गर्न नदिए दिएको पैशा फिर्ता गर’

कञ्चनपुर,
कञ्चनपुरमा प्रहरी र तस्कर समुहविच लफडा मच्चिएको छ । भारतबाट मलखाद ल्याईरहेको अवस्थामा तस्कर समुहको मलखाद सहितको समान झोलुङ्गे प्रहरीले बरामद गरेपछि लफडा मच्चिएको हो ।
र्मंगलबार साँझ झोलुङ्गे पुल क्षेत्रमा खटिएको प्रहरी टोलीले बिरेन्द्र सिह लगायतका व्यवसायी(तस्कर समुह)को समान बरामद गरेपछि प्रहरी सो समुह विच लफडा मच्चिएको हो । समान बरामद गरेको विषयलाई लिएर उनीहरुले प्रहरीसग भनाभन गरेका छन ।
झोलुङ्गे प्रहरीले अवैध समान ओसारपोसारमा नियन्त्रण गर्न थालेपछि तस्कर समुहले त्यसको प्रतिवाद गरेका छन । तस्कर समुहले आफुहरुबाट पहिल्यै झोलुङ्गे प्रहरीले महिनावारी पाँच पाँच हजारका दरले रकम अशुलेको अहिले आएर काम गर्न नदिएको भन्दै प्रहरीसंग प्रतिवाद गरेका हुन ।
प्रहरीले समान बरामद गरेपछि तस्कर समुह र प्रहरीविच आर्थिक लेनदेन भएको विषयमा भनाभव आरोप प्रत्यारोप भएको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रहरीले समान सहित मोटरसाईकल बरामद गरेका व्यक्तिले प्रहरीसंग आक्र्रोस पोखेको पाईन्छ । हामीहरुबाट महिनावारी पैशा लिएर तस्करी गराउन प्रहरीले उत्साहित गरेको आक्र्रोस पोखेका छन । वारी र पारीको असईले कति रुपैया खानुभएको छ ? पाँच हजार खानुभएको छ ? प्रहरीले जवाफमा तपाईले कहिल्यै पैशा दिनुभएको छ, जाँड खाएर बोल्ने नाटक गर्छस भन्ने जवाफ दिएका छन । ‘म बाटै पाँच हजार खानु भएको छ, दिएको छु ‘ति तस्करले भने, ‘कि मेरो पैशा फिर्ता गर, हामी काम गर्न छाड्छौँ, हामी बोक्दै बोक्दैनौँ, कि हामीलार्ई काम गर्न देउ । प्रहरीले अनावश्यक विवाद नगर्न ति तस्करसमुहसंग भनिरहेका थिए । तस्करले समुहले खुलेयाम प्रहरीसंग महिनाको पाँच हजारका दरले पैशा खानुभएको छ, कि त्यो पैशा फिर्ता गर, हामी तस्करी गर्न छाड्छौँ, कि हामीलाई तस्करी गर्न देउ भन्ने हिक्मतले तस्कर सामु प्रहरी निरिह भएको पाईन्छ । गैर कानुनी काम रोक्नका लागि अधिकार पाएको प्रहरी नै तस्कर समुहको चुङगोलमा डुबेको हो, कि आफ्नो समान बरामद गरेको आक्र्रोसमा प्रहरीमाथि आरोपमा बर्षा हुन ? भारतबाट दोधाराचाँदनी भएर आउने अवैध समानमा सीमा विच गाँउको प्रंहरीमाथि पाँच हजार महिनावारी खाएको आरोप छ ।
त्यस पश्चिम सीमा क्षेत्र दोधाराचाँदनीमा सशस्त्र प्रहरीका बलका पाँच पाँच बिओपी छन । उक्त बिओपीमा समेत लाईन मिलाएर भारतबाट सीमापार तस्करी भईरहेको स्थानीयले बताएका छन । ‘झोलुङ्गेपुलका प्रहरीलाई मात्रै अहिले दोष किन ? त्यस अघि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी छन, सीमामा सशस्त्र प्रहरी खटिएका छन, तर उनीहरुले त्यो तस्करी रोक्नु प्रदैन, ‘एक स्थानीयले भने, ‘तस्कर रोक्नु सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको प्रमुख दायित्व हो ।’
भारतबाट सिधै समान उडेर झोलुङ्गेपुलमा आउँदैन, स्थल मार्ग भएरै तस्करीको समान आउने हो, सीमा क्षेत्रबाट खुलेयाम तस्करी हुने, आरोपभरी झोलुङ्गेप्रहरीलार्ई मात्रै किन ? तस्कर समुहबाट पैशा लिएर वा महिनावारी लिएर तस्करी गर्न सशस्त्र प्रहरी र प्रहरी उत्साहित भईरहेको स्थानीयको भनाई छ । तस्करमाथि डण्डा बजाउने काम गरे तस्करी आफै रोकिने र उनीहरुले समेत स्वाभिमानका साथ भन्सार काटेर कानुन अनुरुप व्यवसायी गर्नुपर्ने स्थानीयको सुझाव छ । झोलुङ्गेपुल क्षेत्रमा खटिएका प्रहरीसंग तस्कर समुहले खुलेयाम महिनावारी लिने आज समान समात्ने भन्दै प्रतिवाद गरेको विषयमा प्रहरी र तस्करसमुहविचको लफडा बारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनविज्ञतता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले त्यस विषयमा बुझ्ने बताए । केही दिन अघि संचार माध्यमले वारीपारी प्रहरी रहेको झोलुङ्गपुलबाट राती तस्करी हुने समाचार सम्प्रेषण गरेको केही दिनमै प्रहरीले तस्करमाथि एक्सन लिनथालेपछि तस्कर समुहले उल्टै प्रहरीलाई महिनावारी लिएर आफुहरुको समान समात्ने भन्दै विवाद गरेपछि तस्करबाट प्रहरीले रकम अशुलेरै तस्करी गराउन दिएको थप जनमानसमा विश्वास जगाएको पाईन्छ । दुई बर्ष अघि मात्रै कैलालीमा तस्कर समुहको आक्र्रमणमा परी दुई प्रहरीको हत्या भएको थियो । गैर कानुनी काममा लिप्त रहेका तस्कर समुहसंग प्रहरीले आर्थिक प्रलोभनमा फस्दा एकातिर संगठन र राजस्व चुहावट भईरहेको भन्दै स्थानीयले तस्कर समुहप्रति आर्थिक स्वार्थबिनै कठोर बन्न र व्यवसायीलाई समेत स्वाभिमानका साथ भन्सार तिरेर व्यवसाय गर्न सुझाव दिएका छन ।

ताजा समाचार