Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीकर्मचारीमैत्री संघीय निजामती ऐन बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

कर्मचारीमैत्री संघीय निजामती ऐन बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

कञ्चनपुर,
कञ्चनपुरका निजामती कर्मचारी संगठनहरुले कर्मचारीमैत्री संघीय निजामती ऐन बनाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएका छन । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत कर्मचारीमैत्री संघीय निजामती ऐन बनाउन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संघीय संसदमा विचाराधिन रहेको संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न माग अघि सारेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको बताए । अध्यक्ष चन्दका अनुसार चार निजामती कर्मचारी संगठनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको बताए ।
निजामती कर्मचारी संगठन सहित नेपाल निजामती कर्मचारी यूनियन, राष्ट्रिय कर्मचारी संगठन निजामती र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त रुपमा प्रजिअ पाण्डे मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहदरबार, काठमाण्डौँमा ज्ञापन पत्र बुझाएका छन । ‘सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकराको प्राथमिकतामा नपर्नु गम्भिर चिन्ताको विषय हो, ‘ज्ञापन पत्रमा उल्लेख गरिएको छ, ‘यस विषयमा राष्ट्रिय स्तराका टे«ड यूनियनले नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्ष गराउँदै आएका छौँ ।’
चालु अधिवेशनबाटै यथाशिघ्र संघीय निजामती सेवा ऐन जारूी गर्न माग अघि सारेका छन । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्द, नेपाल निजामती कर्मचारी यूनियनका अधयक्ष प्रेमसिह ऐर, राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष मान बहादुर महरा र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष देवदत्त जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन जारी नभएमा संघर्षका थप कार्यक्रम गर्ने चेतावनी दिईएको छ । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले चारै निजामती कर्मचारीले प्रशासन मार्फत सरकारलाई बुझाएको ज्ञापन पत्र यथाशिघ्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जोहर गरेका छन ।

ताजा समाचार