Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीएसपी विष्ट सहित ३२ एसपी एसएसपीमा बढुवा

एसपी विष्ट सहित ३२ एसपी एसएसपीमा बढुवा

कञ्चनपुर,
नेपाल प्रहरीले ३२ जना प्रहरी उपरीक्षक(एसपी)लाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गरेको छ ।
गृह मन्त्रालय प्रहरीको बढुवा समितिले एसपी दिल्लीराज विष्ट सहित ३२ जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।
प्रहरी नियमावली २०७१(संसोधन सहित) नियम २७को उपनियम ४ अनुरुप बढुवा गरिएका छन ।
सुदूरपश्चिम घर भएका एसपी विष्ट सहित गणेश चन्द, राजेन्द्र प्रशाद भट्ट, दिलिप सिह देउवा, सहितका प्रहरी अधिकृत बढुवा भएका हुन ।
यसअघि नै बढुवा हुनुपर्ने एसपी विष्टको रोकिएको थियो । बढुवामा अन्याय परेका विष्ट एसएसपी बढुवाको १ नम्बरमा सुचिमा भएपनि अहिले बढुवाको सुची प्रकासित गर्दा १८ नम्बरमा राखेको भन्दै प्रहरी भित्रैका अधिकारीले असन्तुष्ट पोखेका छन ।
एसपी विष्ट एसएसपीमा बढुवा भएसंगै उनलाई कञ्चनपुर सहित देशभरीबाट बधाई तथा शुभकामना दिईरहेका छन ।

ताजा समाचार