Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरका उद्योगी व्यवसायी भन्छन– ‘यस पटक वाणिज्य संघमा नयाँ नेतृत्व ल्याउँनुपर्छ, पालो...

कञ्चनपुरका उद्योगी व्यवसायी भन्छन– ‘यस पटक वाणिज्य संघमा नयाँ नेतृत्व ल्याउँनुपर्छ, पालो पिताम्बर जोशीकै हो

कञ्चनपुर,
कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पिताम्बर जोशी र गणेश दत्त जोशी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । सदस्य सहित अन्य पदाधिकारीमा सहमती भएपनि अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती भएको छैन । तीन पदमा सहमती नहुँदा अन्तत अध्यक्ष सहित तीन पदाधिकारीका लागि वाणिज्य संघले चुनाव प्रकृया अपनाउनुप¥यो ।

वाणिज्य संघको नेतृत्वका लागि पिताम्बर जोशी सदस्य, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षका लागि देखिएका छन । गणेश दत्त जोशी उपाध्यक्ष हुँदै यस अघि अध्यक्षको जिम्मेबारी लिईसकेका हुन । वाणिज्य संघमा पिताम्बर जोशीले बरिष्ठ उपाध्यक्ष पछि अध्यक्ष राजेका छन । भने गणेश दत्त जोशी यस अघि एक पटक अध्यक्ष भईसकेका हुन, उनले पुन अर्को पटक अध्यक्ष रोजेका छन । अध्यक्षका प्रत्यासी जोशीद्वयले आ–आफ्नो प्यानललाई पुर्व अध्यक्ष, पदाधिकारीले साथ दिएको दावि गरिरहेका छन ।

कञ्चनपुरका अधिकाँस व्यवसायी यतीबेला पिताम्बर जोशी पक्षमा देखिएका छन । पिताम्बर जोशीको दाविलाई स्वभाविक एव प्राकृतिक न्यायको सिद्धान्त अनुरुप भएको भन्दै अधिकाँस व्यवसायीले जोशीको उम्मेदवारी पक्षमा वकालत गरिरहेका छन । गणेश जोशी यस अघि नेतृत्वमा आईसकेकाले उनको दाविलाई खासै बलियो रुपमा हेरेका छैनन । उद्योगी व्यवसायीले यस पटक वाणिज्य संघको नेतृत्व पिताम्बर जोशी र उनको प्यानलको पक्षमा उभिएका छन । उद्योगी व्यवसायीहरुले यस्तो भन्दैछन, ‘यस पटक वाणिज्य संघमा नयाँ नेतृत्व ल्याउँनुपर्छ, पालो पिताम्बर जोशीकै हो ।’

युवा व्यवसायी एव क्रमिक रुपमा नेतृत्वमा आईरहेका जोशीलाई दिनुपर्ने पक्षमा देखिएका छन । सुरेश रावल, जंग बहादुर मल्लका पालादेखि संघमा स्थापित मुल्य मान्यता र क्रमिक रुपमा संस्थाको नेतृत्वको अवसर दिईरहेको भन्दै यस पटक पिताम्बर जोशीकै नेतृत्वमा संघ ल्याउनुपर्ने पक्षमा पुर्व अध्यक्ष देखिएका छन । पिताम्बर जोशीको प्यानलले जिल्लाभरीका उद्योगी व्यवसायीसंग आफ्ना एजेण्डा लिएर भेटघाट गरेका छन । सम्मानित उद्योगी व्यवसायीको व्यवसायिक हकहितका लागि भन्दै आफ्नो प्यानलाई मत दिन आब्हान गरिएका छन ।

पिताम्बर जोशी प्यानललाई वाणिज्य संघका पुर्व अध्यक्ष एव पदाधिकारीले खुलेरै साथ सर्मथन जनाएका छन ।
वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले अहिलेको आवश्यकता अनुरुप पिताम्बर जोशीको टिम निर्माण भएकाले संस्थाका विकासका लागि पिताम्बर जोशीको प्यानलार्ई बहुमतका लागि निर्वाचित गराउन आब्हान गरेका छन । पिताम्बर जोशी प्यानलमा अब्बल पदाधिकारी आएको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन । पुर्व अध्यक्ष माधव प्रशाद भट्टले संस्थागत विकास र संस्कारका लागि एक पटक बरिष्ठ उपाध्यक्ष भईसकेका युवा उद्यमी व्यवसायी पिताम्बर जोशीलाई जिताउन आब्हान गरेका छन ।

‘यो टिमलाई वाणिज्य संघमा ल्याउनुपर्छ, ‘उनले भने, ‘संस्था, आम व्यवसायी उद्योगीको हित र संस्थागत विकास गर्न जरुरी छ ।’ अमृत डिस्टिलरी, स्नेहा सोप एण्ड केमिकल प्रालि लगायत दर्जनौँ कम्पनीका संचालक रहेका पिताम्बर जोशीले झण्डै १४ सय बेरोजगार युवाहरुलाई रोजगारी समेत दिलाएका छन ।

ताजा समाचार