Friday, August 19, 2022
गृहपृष्ठखेलकुदयुवा विद्यार्थी नेता पण्डितले अनाथलयमा मनायो जन्मोत्सव

युवा विद्यार्थी नेता पण्डितले अनाथलयमा मनायो जन्मोत्सव

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बिबिएस तेश्रो वर्षमा अध्यनरत नेपाल विद्यार्थी संघ का नेता नरेश पण्डितले अनाथ बालबालिका लाई फलफुल ,शैक्षिक सामाग्री, मिष्ठान्न परिकार वितरणका साथ खाना खुवाएर आफ्नो जन्मोत्सव मनाएका छन् ।No description available.

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .३ घर भएका युवा समाजसेवी विद्यार्थी नेता पण्डित ले आफ्नो २४ औं जन्मोत्सवको अवसरमा महेन्द्रनगर स्थित रहेको अनाथालयमा फलफूल, शैक्षिक सामग्री, मिष्ठान्न सामग्री वितरण गर्नुका साथै खाना खुवाएर जन्मदिन मनाएको हो।No description available.युवा विद्यार्थी नेता पण्डितले अनाथ बालबालिकाको उज्ज्वल भविष्यको कामनाका साथै उत्तरोत्तर प्रगतिको समेत शुभकामना दिएका छन् । बाल्यकाल देखि नै समाजसेवा गर्ने निस्वार्थ भावना भएका पण्डित विद्यार्थी जिवनकालमा निरन्तर स्कुल लेबल हुँदै क्याम्पस लेबलमा निरन्तर विद्यार्थीका हकहितका लागि आवाज उठाउदै आएका छन् ।No description available.

ताजा समाचार