Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी पूर्ण खोप सुनिश्चितता घोषणा

बेलडाँडी पूर्ण खोप सुनिश्चितता घोषणा

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका विच गाँउ स्तरिय पूर्ण खोप समन्वय समितिले बेलडाँडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

बेलडाँडी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले १ देखि ५ वटै वडाका २ सय ७४ जना बालबालिकाले पाउनुपर्ने सबै प्रकृतिका खोप पाएकाले पूर्ण खोपयुक्त घोेषणा गरिएको बताए ।

उनका अनुसार १६ महिनादेखि २३ महिना उमेर पुगेका सबै बालबालिकालाई दिनुपर्ने खोप दिईएको छ । उक्त उमेर समुहका १ मा १०६, २ मा ६२, ३ मा ३२, ४ मा २५ र ५ मा ५२ बालबालिका रहेका छन । कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवर सहितका स्वास्थ्यकर्मी, १देखि ५वडाका वडाध्यक्षलाई खोप क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो । कुँवरलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख राम कुमारी रानाको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयसेविका एव अन्य सार्वसाधारणको सहभागिता रहेको थियो ।

ताजा समाचार