Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीघर भत्किएर घाईते भएका परिवारलाई आर्थिक सहयोग

घर भत्किएर घाईते भएका परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर,
बर्षातका कारण घर भत्किएर घाईते भएका बेदकोट नगरपालिका मुक्ति शिबिरका मगते थारुको परिवारलाई आर्थिक सहयोग गरिएको छ । बर्षातकान कारण घर भत्किएर थारु घाईते भएका थिए ।
थारुको उपचारका लागि बेदकोटनगरका उप प्रमुख तुलसी जोशी र बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको हो । नेपाली काँग्रेस बेदकोट नगरका युवा नेता पारसमणी जोशीले बैजनाथ महिला बहुउदेशीय सहकारी संस्थाका तर्फबाट अध्यक्ष मञ्जु सिहले ५ हजार र उप प्रमुख जोशीले व्यक्तिगत तर्फबाट ५ हजार गरी १० हजार नगद सहयोग गरिएको छ ।

ताजा समाचार