महेन्द्रनगर : कञ्चनपुर जिल्लाको सदरमुकाममा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड भब्यताका साथ उद्धघाटन भएको छ।

मंगलबार कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित कबड हलमा कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उद्धघाटन भएको हो।

जिल्लाका सामुदायिक तथा निजि विद्यालयका ९ वटा पालिका बाट विद्यार्थीको सहभागिता रहेको थियो। एथलेटिक्स ,भलिबल ,कबड्डी ,कराते तेक्वान्दो र उसु गरि जम्मा ६ खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए।


जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उद्धघाटनको अध्यक्षता कञ्चनपुर जिल्ला खेलकुद समितीका अध्यक्ष कुबेर खड्का ,उपाध्यक्ष कैलाश चन्द्र गिरि, कोषाध्यक्ष सुरेन्द्र शाहि, सदस्य धन बहादुर महता बिष्नु जैशी , महिला सदस्य दुर्गा देवि भट्ट जोशी , फुलकुमारी राना लगायत विद्यालयका खेल शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन कार्यालय प्रमुख गोलापल दत्त भट्टले गर्नु भएको थियो।











