Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीगणेश जोशी प्यानलको घोषणा ‘कञ्चनपुरको आर्थिक सम्बृद्धि र व्यवसायीको हकहितका लागि काम...

गणेश जोशी प्यानलको घोषणा ‘कञ्चनपुरको आर्थिक सम्बृद्धि र व्यवसायीको हकहितका लागि काम गछौँ’

कञ्चनपुर,
आशन्न कञ्चनपुर उद्योग वाणिज्य सघको नयाँ नेतृत्वका लागि गणेश जोशी प्यानलले पत्रकार सम्मेलन गरेको छ । सोमबार गणेश जोशी प्यानलले पत्रकार सम्मेलन मार्फत प्यानल एव प्रतिबद्धता पत्र घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा गणेश दत्त जोशी प्यानलले प्यानल सहितका एजेण्डा घोषणा गरेको हो । यस अघि सदस्य, केही पदाधिकारी निर्विरोध भएको अवस्थामा वाणिज्य संघ कञ्चनपुरको नेतृत्वका लागि देखिएका गणेश जोशी प्यानलबाट तीन पदाधिकारी सहित एजेण्डा घोषणा गरिएका हुन ।

गणेश प्यानलमा वाणिज्य उपाध्यक्ष बासुदेव जोशी(बिनोद), महासचिव निर्मला भट्ट(सापकोटा) देखिएका छन । गणेश दत्त जोशी प्यानलले कञ्चनपुरको आर्थिक सम्बृद्धि एव व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता सहितका एजेण्डा घोषणा गरिएका छन । गणेश प्यानलबाट वाणिज्य उपाध्यक्षका उम्मेदवार बाशुदेव जोशी(बिनोद)ले पत्रकार सम्मेलन मार्फत एजेण्डा सहित प्यानल घोषणा गरिएको बताए ।

जोशीले प्यानल सहित प्रतिबद्धता पत्र घोषणा गरिएसंगै मतदातामाझ छलफलमा जुटेको बताए । उनले आफ्नो प्यानललाई पुर्व अध्यक्ष, पदाधिकारीको साथ रहेको दावि गरे । पत्रकार सम्मेलनमा अध्यक्षमा प्रत्यासी गणेश दत्त जोशी, वाणिज्य उपाध्यक्षका उम्मेदवार बाशुदेव जोशी(बिनोद) र महासचिवका उम्मेदवार निर्मला भट्ट(सापकोटा)ले आम व्यवसायी उद्योगीको हकहितका साथै कञ्चनपुरका आर्थिक विकासका लागि आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा पुर्व अध्यक्ष ऋषिराम खरेलले वाणिज्य संघको साख जोगाउनका लागि जोशी प्यानल जित्नुपर्नेमा जोडदिए ।

होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष केशव जोराले व्यवसायिक हकहितका लागि गणेश प्यानलाई मत दिनुपर्नेमा जोडदिका थिए । अध्यक्षका प्रत्यासी गणेश जोशीले आफ्नो प्यानलाई पुर्व अध्यक्ष शिवराज पाण्डे सहितका केही पुर्व अध्यक्ष एव पदाधिकारीको साथ सर्मथन रहेको दावि गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि २५असारमा निर्वाचन हुँदैछ ।

ताजा समाचार