Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीयद्वारा प्रभावकारी योजना कार्यान्वयनमा जोड, जनप्रतिनिधीले भने, ‘जनअपेक्षा...

बेलडाँडीमा सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीयद्वारा प्रभावकारी योजना कार्यान्वयनमा जोड, जनप्रतिनिधीले भने, ‘जनअपेक्षा अनुरुप काम गछौँ’

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भएको छन ।

बेलडाँडी गाँउपालिकाको आयोजना एव प्रादेशिक सुशासन केन्द्र डोटीको सहयोग तथा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आयोजनामा सोमबार सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीयले आवश्यकता अनुरुप बजेट विनियोजन गरेर दिगो विकास निर्माणमा जोड दिएका छन ।
स्थानीय नवराज भट्टले आवश्यकता भन्दा पनि कमिसनमुखी बजेट योजनाले विकास निर्माणमा प्रभाव पारेको बताए ।
झर्नाखोलामा कल्र्भट निर्माणको उदाहरण दिदै स्थानीय युवा समेत रहेका भट्टले दुई दुई पटक बजेट दोहनका लागि ह्युमपाईपको योजना राखेर फुट्दै गएको बताए । उनले उक्त स्थानमा स्लेभ कल्र्भट निर्माणको विकल्प नभएको बताए ।

कार्यक्रममा राप्रपा नेता समेत रहेका प्रेमसिह साउदले गाँउपालिकाबाट संचालिन हुने योजना विकास निर्माणमा दिगो नभएको बताए । ‘हरेक बर्ष कमिसनमुखी योजना मात्रै हालिन्छन, ‘उनले भने, ‘दिगो विकास निर्माण केन्द्रीत योजना हाल्नुपर्छ ।’

नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाहले बजेट अनुरुप २ नम्बर वडाका विकास निर्माण नभएको बताए । लाखौँ बजेट सडकबत्तिका लागि खर्च गरेको देखाईएको बताउँदै उनले खर्च अनुरुप काम नभएको बताए । नेपाली काँग्रेस बेलडाँडी सचिव कुलैराज उपाध्यायले जनअपेक्षा अनुरुप काम गर्नुपर्नेमा जोडदिए ।

बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले चालु आर्थिक बर्षमा सम्पन्न भएका योजना बारे जानकारी गराएका थिए । बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले जनअपेक्षा एव आवश्यकता अनुरुप विकास निमाण गरिने बताए । बेलडाँडी १का अध्यक्ष एव प्रवक्ता गज बहादुर विष्टले आवश्यकता अनुरुप विकास निर्माण गरिने बताए । २का वडाध्यक्ष नारदसिह उ¥र्यालले वडामा प्रभावकारी कार्यक्रम संचालन गर्ने, ३का वडाध्यक्ष दुर्गा चौधरी र ५का वडाध्यक्ष ईन्द्र खडकाले विकास निर्माणमा जोडदिएका छन ।

बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथ गिरीले जनप्रतिनिधीका नाताले अभिभावकत्व अनुरुप काम गरिने बताए । बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले समाजिक उत्तरदायित्व एव पारदर्शी ढङगबाट काम गरिने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दल, पत्रकार एव नागरिक समाजको सहभागिता रहेको थियो ।

ताजा समाचार