Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीएनप्याब्सन बेलडाँडी युनिटद्धारा तालिममा सहभागिहरुलाई मायाको चिनो प्रदान

एनप्याब्सन बेलडाँडी युनिटद्धारा तालिममा सहभागिहरुलाई मायाको चिनो प्रदान

बेलडाँडी,
एनप्याब्सन बेलडाँडी युनिटले शैक्षिक विकासका लागि आफु मातहतका विद्यालयहरुलाई विहिवार देखि सनिवार तीन दिन सम्म मन्टेश्वरी तालिम दिएको छ । उक्त तालिमको समापन कार्यक्रममा युनिटले कार्यक्रममा पाल्नु भएका अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको छ ।


युनिटका बेलडाँडी अध्यक्ष गोरख बहादुर चन्दले कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, विशिष्ट अतिथि निवर्तमान गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्री, विशिष्ट अतिथि शिक्षा शाखाका प्रतिनिधि लोकेन्द्र शाही, अतिथि वडा नं.२ का अध्यक्ष नारद उर्याल, प्रशिक्षक अनिता पाण्डे, एनप्याब्सन प्रदेश सदस्य हर्कराज जोशी, पत्रकार र विभिन्न विद्यालयका प्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।


चन्दले संस्थागत विद्यालयले समुदायमा ल्याउन सक्ने सकारात्मक परिवर्तनका लागि आफुहरुको जोड रहेको बताउदै स्थानीय सरकारले हेर्ने व्यवसहार समान भइदिए पुग्ने बताए । उनले भने हामीले कुनै आर्थिक सहयोग मागेका छैनौ बस हेर्ने व्यवहार समान होस भन्ने चाहना आफुहरुको रहेको बताए ।

शैक्षिक क्षेत्रमा सुधार ल्याउनका लागि संस्थागत विद्यालयहरुले गरेको अभ्यासको गाउँपालिका अध्यक्ष रानाले प्रसंशा गर्दै स्थानीय सरकारबाट संस्थागत विद्यालयलाई गर्न सकिने सहयोगको लागि गाउँपालिका पछि नहट्ने बताए ।


मायाको चिनो ग्रहणगर्ने अतिथिहरुले पाप्त तालिमले आजकै दिनबाट बालशिक्षामा सुधार आउने अपेक्षा गरेका छन् । अतिथिहरुले भने सबै शिक्षकशिक्षिकाहरुले सिकेको सीपको बढी भन्दाबढी प्रयोग गर्नुपर्ने र बालशिक्षामा आमुल परिवर्तन ल्याउनु पर्ने धारण व्यक्त गरे ।   

ताजा समाचार