Friday, August 19, 2022
गृहपृष्ठआर्थिकबेलडाँडीलाई लागु औषधमुक्त गाँउपालिका बनाउन जोड

बेलडाँडीलाई लागु औषधमुक्त गाँउपालिका बनाउन जोड

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीलाई लागु औषधमुक्त गाँउपालिका बनाउन जोड दिईएको छ । शुक्रबार बेलडाँडी गाँउपालिका स्वास्थ्य शाखाले लागु औषध नियन्त्रण सम्बन्धी आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारी एव प्रतिनिधीले लागु औषधमुक्त घोषणा गरेका हुन ।
लागु औषधका कारण युवापुस्ता कुलतमा फस्ने भएकाले समाजिक विकृती बढिरहेको यो अन्य रोगभन्दा भयानक भएकाले नियन्त्रणमा जोडदिएका छन ।
गाँउपालिका प्रमुख हरिचन्द्र रानाले लागु औषध नियन्त्रणका लागि गाँउपालिकाले योजना बनाएर अघि बढ्ने बताए । ‘समाजका लागि अन्त्यन्तै हानिकारक लागु औषध नियन्त्रणका लागि सबै सरोकारवाला निकायले आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्छ, ‘गाँउ प्रमुख रानाले भने, ‘यसका लागि गाँउपालिकाले योजना बनाएर कार्यान्वन गर्छ ।’स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बेलडाँडीलाई लागु औषधमुक्त गराउनका लागि सरोकारवाला निकायसंग छलफल गरिएको बताए । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक रामदत्त जोशीले कार्यपत्र प्रस्तुत गर्दै लागु औषधका कारण भयानक अवस्था सृजना भएकाले नियन्त्रणको विकल्प नभएको बताए । ईलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज एव प्रहरी निरीक्षक दिपक पातालीले कार्यपत्र प्रस्तुत गर्दै बेलडाँडीमा पछिल्ला बर्षहरुमा लागु औषधका कारोबारी एव ट्रान्जिट प्वाईन्ट बनेकाले नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयासले नपुग्ने भएकाले सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोडदिएका छन । कार्यक्रमको संचालन सिअहेब महेशखत्री गरेका थिए । भने सभापतित्व समाजिक विकास संयोजक गज बहादुर विष्टले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी सहित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

ताजा समाचार